इटहरीः सुनसरीको इटहरीमा प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित ६ जना
लाई पक्राउ गरेको छ।
मंगलबार राति करिब साढे ११ बजे विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले इटहरी–२ राजदेवी टोलस्थित स्थानीय सिद्धान्त श्रेष्ठको घरमा छापा मारेको थियो।
घरमा जाँच गर्ने क्रममा प्रहरीले १ ग्राम २७० मिलिग्राम ब्राउन सुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
प्रहरीका अनुसार ब्राउन सुगरसहित इटहरी–२ का शिद्धान्त ,श्रेष्ठविमल चौधरी, रोशन चौधरी, अर्जुन चौधरी, दिपुनाथ चौधरी र प्रकाश लिम्बू पक्राउ परेका छन्।

उनीहरूको साथबाट विभिन्न कम्पनीका ५ थान मोबाइल फोन र को ३१ प १८५४ नम्बरको स्कुटर समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय इटहरीको हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।




















