विराटनगरः विराटनगरस्थित आदर्श विद्यालयका छात्र रिदम साह बिदाको समयमा ‘स्केच र चित्र’ कसरी कोर्ने भनी बालबालिकालाई सिकाउ“छन् ।
उनको यो रचनात्मक कौशलको दोस्रो चरणको अभियान हो । रिदमले हालै विराटनगरको सत्यनारायण माविका कक्षा–६ देखि कक्षा–८ सम्मका २३ बालबालिकालाई स्केच र चित्र कोर्ने अभ्यास गराए । विद्यालय पक्षले उनको प्रतिभाको सम्मान गर्दै तालीमका लागि चाहिने कक्षाकोठा, प्रोजेक्टर र सामग्रीका लागि रकम उपलब्ध गराएको थियो ।
‘अहिलेसम्म मैले यस्तो कार्यक्रम गरेको सबैभन्दा उत्कृष्ट विद्यालय मध्येको सत्यनारायण मावि पनि लाग्यो,’ छात्र रिदमले भने, ‘प्राचार्य धर्मानन्द खरेल, सहप्राचार्य मनोज भट्टराई, गुरुगुरुमा र विद्यार्थी भाइबहिनीको भरपुर सहयोग पाए“ ।’
उनी आदर्श विद्यालयको विज्ञान सङ्कायमा दश जोड दुईमा कम्प्युटर विज्ञान लिएर अध्ययन गरिरहेका छन् । कक्षा ११ को अन्तिम परीक्षा सकिएपछिको १ महिनाको बिदामा रिदम घरमा नबसी विद्यालयविद्यालय पुगेर बालबालिकालाई जानेको सीप र ज्ञान बा“डिरहेका छन् ।
यसपछि कान्तिपुर उच्च मावि, देवकोटा मावि र युरो किड्स लगायतका विद्यालयमा नानीबाबुलाई कुची (चित्र) कोर्ने कला सिकाउने रिदमले बताए । ‘म आफैँ पनि विद्यालयमा पुगी प्रस्ताव राख्छु,’ छात्र रिदमले भने, ‘थाहा पाएर विद्यालयहरूले पनि पहल गर्छन् ।’
यसअघि उनले माध्यमिक शिक्षा परीक्षा (एसईई) पछिको फुर्सदको अवधिमा महानगरका सरकारी विद्यालयमा पुगी बालबालिकालाई चित्र एवं स्केच कोर्ने प्रशिक्षण दिएका थिए । उनले त्यतिबेला एक महिनामा ८ सयभन्दा भन्दा बढी नानीबाबुलाई सहज एवं सरल ढङ्गले चित्र बनाउने ज्ञान दिएका थिए ।
रिदमले यो अभियानलाई ‘चित्र र स्केच कोर्न सिकौं,’ नाम दिएका छन् । उनी यही अभियानकै कारण गत वर्ष मुलुकभरका २० वर्ष मुनिका २० उत्कृष्ट बालबालिकामा पर्न सफल भई काठमाडौंमा सम्मानित भएका थिए ।
शिशु कक्षादेखि चित्र÷स्केच कलामा रुचि भएका रिदमले टीभी कार्यक्रम र युट्युब हेर्दै स्वअभ्यास गरी बनाउन सिकेका हुन् । कक्षा २ मा पढ्दादेखि कक्षा–१० सम्म रिदमको पत्रपत्रिकामा ६० चित्र र सय जति लेख प्रकाशित भइसकेका छन् ।
उनले अध्ययनबाट समय मिलेका बेला नानीबाबुलाई सिकाइरहने बताए । १९ असारदेखि १२ कक्षाको पढाइ शुरु हुने भए पनि साउनसम्म बालबालिकालाई समय निकालेर सिकाउने रिदमले बताए । छात्र रिदमलाई हाल अरनिको उच्च माविको विज्ञान सङ्कायमा १० जोड २ मा अध्ययनरत पूर्व सहपाठी विकास यादवले यस कार्यक्रमको व्यवस्थापनमा सहयोग गरिरहेका छन् ।
‘बच्चाबच्चीलाई रचनात्मक क्रियाकलापमा समेत लाग्न प्रेरित गर्न खोजेका हौं,’ छात्र रिदमले भने, ‘प्रतिभा भए पनि माहोल र मार्गदर्शन नपाउ“दा बालबालिका पछि परिरहेका हुन्छन् ।’
उनले यस अभियानको युट्युब भिडियोसमेत बनाई सामाजिक सञ्जालमार्फत् जनसम्पर्क गरिरहेका हुन्छन् । ‘यो हामी सानाले गरिरहेको नया“ कार्यक्रम भए पनि सोचेभन्दा राम्रो प्रतिक्रिया र समर्थन पाइरहेका छौं,’ रिदमले भने, ‘शुरुमा बच्चाबच्चीले सिकाउने भनेपछि विद्यालयले अलिक पत्याउ“दैन । गरेको काम देखाएर गुरुगुरुमालाई विश्वस्त पार्छौं ।’
आदर्श विद्यालयका प्राचार्य तुलसीप्रसाद दुलालले रिदमको उमेरका छात्रले गरिहेको यो निकै फरक, प्रेरणादायी र प्रशंसनीय कार्य भएको बताए । ‘सबैभन्दा पहिले विद्यालय व्यवस्थापनस“ग सम्पर्क गरेर अभियानको बारेमा जानकारी दिन्छाँैं, लिखित प्रस्ताव पेस गर्छाैँ, स्वीकृति दिएपछि कक्षाकक्षा गई इच्छुक बालबालिकाको नाम टिप्छौँ,’ रिदमले भने, ‘त्यसपछि उनीहरूको पढाइमा असर नपर्ने गरी समय र ठाउ“को व्यवस्थापन गरी सिकाउ“छौँ ।’
बालबालिकाको चाहनाअनुरूप फुर्सद निकालेर विद्यालयभित्रै वा उनीहरूलाई सजिलो हुनेगरी अन्य उपयुक्त थलोमा भेला पारेर सिकाउने गरेको उनले बताए । रिदमले ल्यापटप र प्रोजेक्टरजस्तो आधुनिक प्रविधिको प्रयोगले १० देखि ४० जनाको समूहमा बालबालिकालाई सरल एवं सहज ढङ्गले छोटो समयमै चित्र कोर्ने तरिका बताउ“छन् । रिदमले यी आधुनिक प्रविधिको प्रयोग पनि आफैँ सिकेका हुन् । ‘३÷४ घण्टाको कक्षामा चित्र कसरी शुरु गर्ने र चित्रका ध्यान दिनुपर्ने भागका बारेमा आधारभूत ज्ञान दिन्छौँ,’ उनले भने, ‘यसपछि सामाजिक सञ्जालबाट पनि बालबालिकालाई सहयोग गरिरहन्छौँ ।’
छात्र रिदम आफू भिजुअल इफेक्ट्स, भीएफएक्सको क्षेत्रमा विशेष ज्ञान हासिल गरी केही विशेष काम गर्न चाहने बताउँछन् । अध्ययनका लागि विराटनगर–७ बुद्ध मिलन चोकमा बसोबास गरिरहेका उनी मोरङको रङ्गेली नगरपालिका–७ निवासी वरिष्ठ सञ्चारकर्मी जितेन्द्र साहका छोरा हुन् ।
‘रुचि र स्वविवेकले यो अभियानमा लागेको हु“,’ छात्र रिदमले भने । उल्लेखनीय के छ भने उनी २०७३÷७४ मा आदर्श विद्यालयको पहिलो निर्वाचित स्कुल क्याप्टेन पनि भए । ८८ वर्ष पुरानो नेपालकै दोस्रो ठूलो उक्त विद्यालयमा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पहिलो विद्यार्थीको रूपमा भर्ना भएर पढेका थिए ।