इटहरीः लायन्स क्लब अफ इटहरी स्मार्ट सिटीको अगुवाइमा भएको रक्तदान कार्यक्रममा आज १५४ पिन्ट रगत सङ्कलन भएको छ । सेभेत स्टार्स क्लब इटहरी र मितेरी टोल विकास संस्था इटहरी १६ समेतको आयोजनामा लबीपुर चौकमा भएको मेघा रक्तदान कार्यक्रममा उक्त परिणामको रगत सङ्कलन भएको हो ।

लायन्स क्लब अफ इटहरी स्मार्ट सिटीका प्रेसिडेन्ट राजेन्द्र केसरी घिमिरेको सभापतित्व तथा लायन्सका पूर्व डिट्रिक गभर्नर भीम घिमिरेको प्रमुख आतिथ्यमा भएको थियो कार्यक्रम । कार्यक्रममा इटहरी १६ र आसपासका स्थानीयले रक्तदान गरेको लायन्स क्लब अफ इटहरी स्मार्ट सिटीका इनकमिङ प्रेसिडेन्ट थानेश्वर ढकाल नेल्सनले बताए ।

स्थापनाको छोटो समयमै लायन्स क्लब अफ इटहरी स्मार्ट सिटीले धेरै रक्तदानका कार्यक्रम गरेको बताउँदै ढकालले आगमि दिनमा थप कार्यक्रमहरू गर्ने बताए ।

blood donation pradeshportal.com