फिदिमः फिदिम–१४ स्थित महादेव गुप्तेश्वर माविमा नवनियुक्त शिक्षक लालबहादुर फागोको मन्तव्यको क्रममा मृत्यु भएको छ । आफ्नो स्वागत तथा अर्का शिक्षक अशोक तिम्सिनाको बिदाइको अवसरमा आयोजित कार्यक्रममा मन्तव्य राख्नासाथ उनी बेहोश भएका थिए ।

उनलाई केही समय अघि मात्रै विद्यालयले करारमा नियुक्त गरेको थियो । कार्यक्रममा मन्तव्य राख्नेबित्तिकै बेहोश भएर ढलेका उनको केहीबेरमै मृत्यु भएको तमाखे प्रहरी चौकीले जनाएको छ ।