इटहरीः डाइबेटिजका बिरामीलाई लक्षित गरी सुनसरीको इटहरीमा लायन्स क्लब अफ इटहरी सिटीले लायन्स मेगा डाइबेटिज क्याम्प सञ्चालनमा ल्याएको छ ।
२ दिनसम्म सञ्चालन गरिने सो क्याम्पमा डाइबेटिजका बिरामीले अपनाउनुपर्ने विभिन्न विधि तथा औषधी सेवन लगायतका विषयमा सचेतना अभिवृद्धि गरिने भएको छ । जसमा अमेरिकाका चिकित्सकले सहजीकरण गरिरहेका छन् ।
इटहरीको शुभारम्भ पार्टी प्यालेसमा सञ्चालन भइरहेको क्याम्पमा डाइबेटिजका बिरामीलाई औषधी र सुई मात्र नभएर योगालगायतका व्यायामहरूको माध्यमबाट समेत नियन्त्रणमा लिन सकिने जानकारी दिएको क्लबका अध्यक्ष जीवन पराजुलीले जानकारी दिए ।
सो अवसरमा डाइबेटिजका बिरामीलाई खानपान तथा शारीरिक व्यायामले पु¥याउने फाइदाका विषयमा अमेरिकन तथा नेपाली स्वास्थ्यकर्मीहरूले जानकारी गराउँदै आएका छन् । क्लबका अध्यक्ष जीवन पराजुलीको अध्यक्षता तथा इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीको प्रमुख आतिथ्यतामा शुरु भएको क्याम्पमा ६५ जनाको सहभागिता रहेको राजन सुवेदीले जानकारी दिए ।