काठमाडौंँः अभिनेत्री प्रियंका कार्की र बेनिषा हमाल अभिनित नयाँ म्युजिक भिडियो ‘तँई का ठमक’ सार्वजनिक भएको छ । पश्चिमेली शैलीको गीतको भिडियोमा प्रियंका र बेनिषालाई अभिनयमा पुरुष मोडलको रुपमा गोविन्द भट्ट र बाबुल गिरीले साथ दिएका छन् । भिडियोमा प्रियंका र बेनिषाको हट अवतार देख्न सकिन्छ ।

गोविन्द भट्ट यस गीतका गीतकार हुन्, भने बाबुल गिरी संगीतकार । भिडियोमा प्रियंकार बेनिषासँग दुबैको जोडी सुहाएको देख सकिन्छ ।

1 (1)

गीतमा संगीतकार गिरी र इब्सल सन्ज्यालको स्वर छ ।  गीतको एरेन्ज धनबहादुर गिरीले गरेका हुन् । गरिमा फिल्मस्ले निर्माण गरेको भिडियो माइकल चन्दले निर्देशन गरेका हुन् । उत्सव दाहालको छायांकन रहेको भिडियोमा शिलन लम्सालको सम्पादन छ ।