इटहरीः दशैंमा परिवारसँग बसेर नेपाली फिल्म हेर्ने ‘मुड’मा हुनुहुन्छ होला ? अहिले फिल्म हलमा दुईवटा नेपाली फिल्म चलिरहेका छन् । अघिल्लो साता परदेशी २ र फुलपातिका दिनबाट ‘पशुपतिप्रसाद २ भष्मे डन’ फिल्म हलमा लागेका छन् । 

दुई फिल्म मध्ये पशुपति प्रसाद २( भष्मे डन) निर्माण ताकाबाटै निकै उत्सुकता पूर्वक हेरिएको फिल्म हो । अर्को तर्फ दर्शकहरुले दिपेन्द्र के खनाल र खगेन्द्र लामिछाने जस्ता फिल्म निर्माण कार्यमा लागेका हस्तीहरुबाट आशा पनि ठूलै गरेका थिए । चर्चा र हल्ला गरे अनुसार फिल्म लागेको दिन फिल्म हलमा राम्रै दर्शक पायो तर त्यसयता फिल्म हलमा दर्शकको संख्या क्रमश घट्दै गएका छन् । कारण हो,चर्चा गरिए अनुसार फिल्म निर्माण नै नगरिनु हो । 

दर्शकले पशुपति प्रसादमा जुन स्वाद र सन्देश पाएका थिए । त्यसको केही न केही प्रतिशत पशुपति प्रसाद २(भष्मे डन)बाट पाउने आशा लिएर हल प्रवेश गरेका दर्शक फिल्म सकिँदा निराश भएर फर्कनु नै दर्शक घट्दै जानु हो । 

फिल्म राम्रो चल्नका लागि फिल्मका हरेक पक्ष सबल हुनुनै पर्छ । अनि मात्र दर्शकले माउथ पब्लिसिटी गर्छन् । सामाजिक सञ्जालमा मज्जाले प्रशंसा गरेरै लेख्छन र छरछिमेक, आफन्त साथीभाईलाई फिल्म हेर्न सिफारिस गर्छन । तर , त्यसो गर्नका लागि पशुपति प्रसाद २(भष्मे डन) राम्रोसँग चुकेको छ । 

395075369_7176016765742407_2683714521428470271_n

निर्माण पक्षले फिल्मलाई जसरी खत्रा फिल्मका रुपमा   दाबी गरेको छ , हलमा पुगेर हेरेपछि पशुपति प्रसाद २( भष्मे डन)  गतिलो फिल्म हैन भन्ने प्रमाणित गरिदिन्छ । 

फिल्म प्रदर्शनमा आउन’ अगाडि जसरी निर्माण टिमले दर्शक हलसम्म तान्न माहौल बनायो , सोही अनुसार दर्शकलाई सन्तुष्ट बनाउन फिल्म नराम्रोसँग चुकेको छ पशुपतिप्रसादमा ‘भष्मे डन’ लगायतका अन्य चरित्र सम्झँदै उत्साहका साथ हल पुगेका दर्शक फिल्म लेख्ने लेकख र निर्देशन गर्ने निर्देशकको काम देखेर दिक्क हुन्छन । फिल्म हलबाट निस्कने दर्शकहरुले किन यो फिल्म हेर्न आईएछ ? टिकटमा गरेको लगानी त्यसै खेर गयो । बरु अर्को फिल्म हेरेको भए ह’न्थियो । किन यति साह्रो हामीलाई झुक्याएको जस्ता प्रश्नहरु गरेको पाईयो ।  

बर्ष दिनमा एक पटक आउने दशै जस्तो महान पर्वमा परिवारका साथ फिल्म हेरेर एकै छिन भएपनि रमाउन पुगेका दर्शकहरु फिल्म हेरेर पछि तनावको मुडमा बाहिर निस्कन बाध्य हुन्छन् । फिल्म लेखनका निकै राम्रा लेखका रुपमा चर्चा कमाएका खगेन्द्र लामिछानेको पटकथा लेखन निकै कमजोर छ । 

393766701_710653764289730_4760234176429181114_n

फिल्मको कथा, पटकथा र पात्र छनौटमै फिल्म लेख्ने लामिछाने तथा निर्देशन गर्ने खनाल नराम्रो गरि चुकेका छन् । दर्शकलाई अल्छी लाग्ने गरि समस्या माथि समस्या थोपर्दै गएर क्यारेक्टरलाई बीचमै अलपत्र पार्ने कार्य फिल्ममा गरिएको छ । जस कारण दर्शकले चित्त बुझाउने ठाँउ खासै पाउदैनन । 

नेपाली फिल्मलाई लामो समयदेखि माया गर्दै आएका इटहरीका छिरिङ शेर्पाले पशुपति प्रसाद २ भष्मे डन आइतबार फिल्म हल गएर हेरेको तर लाष्ट झुर लागेको प्रतिक्रिया दिएका छन् । उनले समाजिक सञ्जालमै लेखेर फिल्ट झुर रहेको जनाएका छन् । 

अर्का दर्शक डेभिड पोख्रेलले पहिलो भाग जस्तो दोस्रो भाग राम्रो फिल्म नबनेको प्रतिक्रिया दिएका छन् । राजकुमार ढकालको प्रतिक्रिया नि डेभिडको जस्तै छ । अर्का दर्शक कुमार बुढाथोकीले जसले जे जे भनेपनि पशुपति प्रसाद जस्तो पशुपति प्रसाद २ भष्मे डन शसक्त नभएको प्रतिक्रिया दिएका छन् । आफुलाई पशुपति प्रसाद २ भष्मे डन खासै मन नपरेको उनले बताएका छन् । उनले खगेन्द्र लामिछानेकै फेसबुकको पोष्टमा फिल्म बारे लेख्दै भनेका छन– ‘मेरो हिसाबमा यो फिल्मलाई १० मा ३ नम्बर दिन्छु।’

निराजन अधिकारीले दर्शक झुक्याउने फिल्म नगर्न खगेन्द्रलाई सुझाव नै दिएका छन् । उनले लामिछानेले राम्रो फिल्म बनाउछन भन्ने विश्वास कम भएको प्रतिक्रिया दिएका छन् । फिल्म हेरेपछि नवराज लुईटेलले समाजिक सञ्जाल मार्फत पशुपति प्रसाद सँग तुलना हुने फिल्म पशुपति प्रसाद २ भष्मे डन बन्न नसकेको प्रतिक्रिया दिएका छन् । अर्का दर्शक आरुषीले पशुपति प्रसाद २ भष्मे डन फेद न टुप्पोको फिल्म बनेको प्रतिक्रिया दिएका छन् ।

395128415_1031401551248947_8685442126181372675_n

गौतम समरले फिल्म उद्योग नै बन्द गरेर विदेशमा छायांकन गर्ने भनेर सबै जना विदेशमै लुके हुने प्रतिक्रिया दिएका छन् । अर्का दर्शक आर्चाय प्रकाश फिल्म हेरेपछि सामाजिक सञ्जालमा लेख्छन्–‘२६ बर्ष पछि हलमा गएर फिल्म हेरेको तात्तो न छारोको रहेछ । यो फिल्मले भन्न खोजेको के हो ? पशुपतिप्रसाद को नाम बेचेर पैसो कमाउने मेसो मात्र रहेछ  ।  बेकारमा पैसा र समय खेर गयो ।यस्ता फिल्म बनेर हो, नेपाली सिनेक्षेत्र उभो लाग्न नसकेको ।यस्तो पनि फिल्म हुन्छ ?’ शंकर घिमिरे फिल्म हेरेपछि पशुपति प्रसाद २ भष्मे डनलाई हावा हो भनेका छन । 

394417776_360977316508276_6394137347930217788_n

हैटौडाका दर्शक सुबास ‘सजल’ फिल्म हेरेपछि सामाजिक सञ्जाल फेसब’कमा फिल्म बारे यसरी समिक्षा गर्छन –‘संगै फिल्म हेर्न हलमा गएका छेउका केही साथीहरु उठेर जानुभयो । खगेन्द्र लामिछाने  एकदमै मनपर्ने लेखक तथा  अभिनेता हुन । उहाँलाई चलचित्र बधशाला देखि पछ्याईरहेको छु  ।  साहित्यमा राम्रो दख्खल राख्ने भएकोले होला पशुपति प्रसाद २  लाई (भष्मेडन भन्न रुचि लागेन) पनि निकै बिम्बात्मक शैलीमा घुमाउनु भएछ तर साहित्य सबैले नबुझ्न सक्छ र नबुझ्ने कतिपयले छि झुर फिल्म भन्न सक्छ तर छि भन्ने सम्मको चलचित्रचाहिँ हैन। भाग १ जस्तो स्वादिलो चाहिँ हैन। कुकुरको भावना समेटेर ‘फुर्के’लेख्नुभएको उहाँले, मानिसमा चाहिँ संम्वेदनशीलता करिब करिब हुँदैन भन्न खोजेको जस्तो देखियो, सबै पात्रको दुःख उत्तिनै मार्मिक तर मौका पाउने बित्तिकै, औला सोझ्याईहाल्ने नरमाइलो उठान देखेर नमज्जा लाग्यो । थिएटर बेस कलाकारको चलचित्र हेर्न, व्यवसायीक चलचित्र हेर्न गएको जस्तो मुड लिएर प्राय कोही गएका हुदैनन् यो मानेमा मैले पनि थोरै मन दुखाएर आए ।  तेस्रो भाग आउने पूरा संकेत दिईएको छ तर नआएमा अचम्मित चाहिँ हुने छैन ।’ 

अभिमन्यु अभिजित फिल्म हेरेपछि लेख्छन–‘भष्मे डन’ बारे टिप्पणी गरिहाले देशमै केही गरौँ भनी बसेका युवालाई दुरुत्साहन’होला । अन्टसन्ट बागमती किनारबाहेक केही छैन ।’

395233306_656385729660195_2149104195260484225_n