‘जात्रा’ र ‘जात्रै–जात्रा’को सफलतापछि षट्कोण आर्ट्सको निर्माणमा बन्न लागेको तेस्रो सिरिजको छायांकन कार्तिक १३ गतेबाट सुरु हुँदैछ । यो फिल्ममा विपिन कार्की, वर्षा राउत, रवीन्द्र सिंह बनियाँ, रवीन्द्र झा लगायतका कलाकार फाइनल भइसकेका छन् ।

यस्तै, यसपटक फिल्ममा कलाकार हरिवंश आचार्य पनि जोडिएका छन् । जसका कारण, फिल्ममा कलाकारको लाइनअप बलियो बनेको छ । यसैबिच, फिल्ममा दिव्य देव पन्त, गौमाया गुरुङ र शिशिर बाङ्देल समेत जोडिएका छन् । यो फिल्मका लागि नयाँ तीन कलाकारले आफ्नो लुक्सको समेत परीक्षण गरिसकेका छन् । 

फिल्मका मुख्य कलाकार तथा कार्यकारी निर्माता रवीन्द्र सिंह बनियाँका अनुसार उनीहरूको आगमनले टिमको लाइनअप अझै बलियो बनेको छ । उनले, दर्शकको फिल्मप्रति अपेक्षा पनि बढी हुने भएकाले हरेक कलाकारको लाइनअप बलियो बनाउनेतर्फ ध्यान दिइएको उनले बताए । 

फिल्ममा प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको छ भने यसलाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले निर्माण गर्दैछन् । फिल्ममा जोडिएपछि कलाकार गौमायाले उत्साह व्यक्त गरिन् । 

यो फिल्मको छायाङ्कन सुरु नहुँदै अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेको छ । फिल्म आगामी चैत ९ गते नेपालसँगै विश्व भर एकैसाथ प्रदर्शन हुनेछ । मेरो फिल्मबाट