प्रकाश बन्जारा 

इटहरीः विगत झण्डै २ महिना देखि सडकमा बारम्बार मैले सुनेको र जवाफ दिएको प्रश्न हो ‘दाई यसलाई कति पर्यो’ ? जवाफ सबैलाई दिने गरेको छ सके र भ्याए सम्म । कतिले चासो व्यक्त गर्छन कति कुद्छ ? चार्ज कति टिक्छ अनि गति कत्तिको छ ?

छोटो दुरीमा दैनिक यात्रा गरिरहनु पर्ने भएकाले मैले खरिद गरेको विद्युतीय सवारी अर्थात इलेक्ट्रिकल बाइसाइकल मेरो लागी त कार नै हो भनौँ तर व्यत्तिको सोचाई र आवश्यकता अनि क्षमता अनुसार सामानको आ आफ्नै महत्व हुन्छ । हुन त खरिद गरीसकेपछि आलोचना र सुझाव टन्नैँ पाएँ । भन्नेहरुले ‘यति पैसामा त स्कुटर नै आइहाल्थ्यो नि’ ‘यस्तो जावो के गर्नु’ पनि भने मैले सबैलाई धन्यवाद व्यक्त गरेँ । आखिर सुझाव न हो । सबै सुझावहरु मान्ने पर्छ भन्ने हुँदैनन्  कुनै न कुनै हिसावमा ती सुझावहरु महत्वपुर्ण नै छन् । आवश्यकता अनुसार भविश्यमा कार्यन्वयन गर्दै जाँउला । 

घरमै जिवन संगीनीले पनि चर्को आलोचना गरिन उनलाई पनि सडकमै गएपनि भटटट गर्ने मोटरसाईकल अथवा सररर गर्ने कारमै हिड्ने इच्छा थिएछ तर मैले आफ्नै ढिपिले खरिद गरेँ त्यो पनि ऋणमा । भलै त्यो ऋण तिर्न मलाई निकै समय अवस्य लाग्नेछ ।  

आफ्नो गन्तव्यमा सहज र सरल तरिकाले पुग्नका लागि व्यक्तिले सवारी साधनको खरिद गर्छन । छोटो दुरीको लागि साइकल उपयुक्त हुन्छ दैनिक यात्रा अनिवार्य हुनेहरुलाई साइकल देखि मोटरसाइकलको उपयोग धेरै छ । कति लाई आवश्यकता र कतिलाई सोख बढेपछि कार को पनि अवधारणा आउँछ । साना दुई पाँग्रे सवारीले नहुने अनि लामो दुरी सुरिक्षित तरिकाले पार गर्न सकिने हुनाले कारको महत्व निकै छ । 

पछिल्लो समय विश्व बजारमा अचाक्लि पेट्रोलियम पदार्थको मुल्यवृद्धि भएपछि सानो आम्दानीका चित्त बुझाउने हरुलाई निकै गाह्रो भएको छ । सामान्य तथा विश्वमा सबैभन्दा सोखि भनेर चिनिने नेपालीहरुको पहिलो रोजाई मोटरसाइकल हो त्यो पनि धेरैलाई त हाई क्वालिटि अर्थात उच्च गुणस्तरको मोटरसाईकल चाहिन्छ त्यो उनिहरुको सोखकै कारण हो भन्दा फरक पर्दैन कतिले त आम्दानी सुको नहँुनेले समेत निकै महंगो मोटरसाइकल चढेर आफ्नो सोख पुरा गर्ने गरेका छन् ।  म मोटरसाइकलको विषयमा निकै अनविज्ञ छु तथापि मेरो बुझाई अनुसार जाभा तथा रोयल इन्फिल्ड नेपाली बजारमा महंगा मोटरसाइकलमा पर्छन । 

327314228_736250391383818_2154903156661536543_n

पछिल्लो समयमा ५ देखि ६ लाख सम्मका विद्युतिय मोटरसाइकल समेत बजारमा आएका छन् । विद्युतिय मोटरसाइकल देखि लिएर कार, स्कुटर र साइकल पनि बजारमा निकै पाइन्छन् । रोडमा कुद्दै गरेका विद्युतीय सवारी साधनको अचानक पावर अफ तथा पावर डाउन भएको खण्डका तत्काल चार्जिङ्ग गर्ने ठाउँ अभाव भएकाले पनि धेरैले चाहाना हुँदा हुँदै पनि विद्युतिय सवारी खरिद नगरेको पाइन्छ । 

विद्युतीय सवारीले पेट्रोलियम पदार्थबाट चल्ने सवारी भन्दा कम शुल्कमै आवज सवारी धनीलाई गन्तव्य सम्म लैजाने र ल्याउने काम गर्दछ । त्यतिमात्र नभएर विद्युतीय सवारीको पयोग गर्दा सडकमा हुने ध्वनी प्रदुषण नहुने र ध्वाँ समेत ननिस्कने हुँदा वायु तथा वातावरणलाई समेत स्वच्छ बनाउन सहयोग पुग्छ । सरकारी तवरबाट भएका पहलले प्रसस्त विजुली उत्पादन भएका बखत विद्युत आपुर्ती निरन्तर हुने र आफुले चाहेको खण्डका चार्ज गर्न सक्ने हो भने विद्युतीय सवारीबाट लाभै लाभ उठाउन सकिन्छ । 

बजारमा निकै लामो समयदेखि विद्युतिय साइकल र स्कुटरहरु छन् तर मान्छेहरु त्यसतिर त्यत्ति चासो दिँदैनन् यसको अर्थ उनिहरु विद्युतीय सवारी बाट तिव्र गति पाउन सकिदैन भन्ने धारणा राख्छन् । मेरो अनुभव अनुसार यो विद्युतीय साइकलबाट प्रतिघण्टा ३० किलोमिटर सम्म यात्रा सहजै गर्न सकिन्छ सडकमा ८० तथा ९० र १२० किलो मिटर प्रति घण्टा दौडन चाहानेहरुका लागि यो  उपयुक्त हुँदैन । एक पटकको फुल चार्जबाट ४० देखि ४५ किलोमिटर सहज यात्रा गर्न सकिन्छ । बिक्री गर्नेहरुले केही बढाएर पनि भन्ने गर्छन तर सिंगल व्याट्री भएको साइकलले दिने उच्चतम माइलेज भनेको त्यत्ति नै हो तर यसको अर्को फाइदा भनेको चार्ज सकिएको खण्डमा पाइडल मारेर  पनि गन्तव्य सम्म पुग्न सकिन्छ । 

बजारमा बिभिन्न कम्पनीहरु छन् जसले विद्युतीय सवारीको बिक्री गरिरहेका छन् । कम्पनी अनुसार तीनका दाम पनि फरक छन् । सामान्य तथा ६० हजार देखि १२० हजार सम्मका साइकलहरु बजारमा पाइएका छन् । केहि माउन्टेन वाइकहरुको मुल्य सो भन्दा पनि बढि भएको समेत पाइन्छ तर माउन्टेन बाइकमा एक जना भन्दा बढि चढ्न सहज हुँदैन । 

छोटो दुरीमा नियमित यात्रा गर्नुपर्नेहरुका लागि इ साइकल हरु उपयुक्त देखिन्छन् टाढाको यात्रामा व्याट्री सकिने डर भएका कारण यात्रा गर्न सुझाव दिइन्न तर नजिकैको दुरीमा व्याट्री सकिएको खण्डमा भने पाइडल मारेर पनि गन्तव्यमा पुग्न सकिन्छ । त्यो सँगै विद्युतीय स्कुटरहरु पनि प्रशस्त देखिन्छन् । तिनिहरुको बजार मुल्य १२५ हजार देखि माथि पर्ने बिक्रेताहरुको भनाई छ । स्कुटरहरुको व्याट्री सकिएपछि चार्ज नै गर्नुपर्ने भएका कारण चार्जिङ्ग स्टेसनहरु कम रहेको अवस्थामा तिनीहरुले बाटोमा अभर पार्न पछि पदैनन् । यद्यपी वातावरण प्रदुषण कम गर्न विद्युतीय सवारीलाई प्रमोट गर्न अव सरकार लाग्नुपर्ने देखिन्छ ।  ध्वनी प्रदुषण नहुने , बायु प्रदुषण समेत नहुँने हुँदा यसको प्रयोगबाट वातावरणलाई स्वच्च समेत राख्न सकिन्छ ।