उर्लाबारीः रोजगारीका लागि  करिब ३ महिनाअघि मात्र  पोल्याण्ड पुगेका मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर ३ मंगलबारे स्थायी बसोबास रहेका  गोविन्द न्यौपानेको सवारी दुर्घटनामा परी ज्यान गएको छ । 

न्यौपानेको सोचचजेवमा सवारी दुर्घटनामा परी असामयिक निधन भएको गैरआवासीय नेपाली संघ पोल्याण्डले जनाएको छ ।  गैरआवासीय नेपाली संघ पोल्याण्डले सामाजिक सञ्जालमा घटनाको बारेमा पोष्ट गर्दै यस्तो जानकारी दिइएको हो ।

मृतक न्यौपानेको भोलि(विहिबार)पोल्याण्डमै अन्तेष्टिको तयारी थालिएको मृतकका काका डिल्ली न्यौपानेले जानकारी दिए  ।

325942236_688593552813332_2949753050324393901_n