इटहरीः आइतबार पोखरामा भएको यति एयरलायन्सको जहाज दुर्घटनामा निधन भएकाहरुको सम्झनामा इटहरीको पुर्वेली क्लवले मंगलबार साझँ शोक सभा गरेको छ । 

इटहरी४ को मनकामना चोकमा दिप प्रज्वलन गर्दै जहाज दुर्घटनामा मृत्यु भएकाहरुलाई पुर्वेली क्लवले सम्झिएको हो । शोक सभामा क्लवका अध्यक्ष झलक वनले शोक मन्तव्य राख्नुका साथै मृतकका परिवारमा गहिरो समवेदना प्रकट गरेका थिए भने मृत आत्माको चिरशान्तिको कामना समेत गरेका थिए । 

आइतबार काठमाण्डौबाट पोखराका लागि उडेको यति एयर लायन्सको एटिआर ७२ जहाज पोखराको सेती खोंचमा दुर्घटना ग्रस्त हुँदा ७२ जनाको मृत्यु भएको थियो ।