इटहरीः झुम्का जुनियर जेसिसको अध्यक्षमा जेसि हेमराज खड्का निर्वाचित भएका छन् । शनिवार भएको जुनियर जेसिसको साधारण सभाबाट बर्ष २०२३ का लागि खड्का अध्यक्षमा निर्वाचित भएका हुन । यस अघि जुनियर जेसिको अध्यक्षमा मेलिनियम निरौला थिए । 

आागमी कार्यकालको लागि कार्यकारिणि उपाध्यक्षमा विवस अधिकारी र आशिष सरदार निर्वाचित भएका छन् भने उपाध्यक्षहरुमा कृष शाह, कृष श्रेष्ठ, नरेश कोइराला र नेजिश निरौला निर्वाचित भएका छन् । जेसिका अन्य महासचिव, सचिव लगायत केही पदमा भने अध्यक्षले मनोनित गर्ने परम्परा छ ।

319879151_740084750869873_4565036605832625841_n