धरानः आफू महिला अधिकारकर्मी बताउँदै पैसाको बार्गेनिङ गर्ने गरेको आरोप लागकी शान्ता खड्कालाई प्रहरीले धरान १४ विजयपुरबाट पक्राउ गरेको छ ।
महिला सञ्जालको नाम लिँदै विभिन्न घटनामा अधिकारकर्मीको हवला दिदै पैंसा बार्गेनिङ गरेको आरोप उनी माथि छ । उनलाई इलाका प्रहरी कार्यालय धरानको प्रहरी टोलीले केही बेरअघि पक्राउ गरेको हो ।
धरान १७ मा बस्दै आएका एक व्यक्ति खड्काको समेत संलग्नतामा बलात्कार आरोपमा थुनामा छन् । उनलाई थुनामुक्त गराउन साक्षी बसेकालाई बयान फेर्न लगाउने भन्दै ती व्यक्तिको श्रीमतीसँग खड्काले १० लाख बार्गेनिङ गरेको उनिमाथि आरोप छ । पछि साढे ३ लाख मागेर दैनिक जसो फोन गर्ने गरेका थिइन् । सोही क्रममा ती महिलाको मृत्यु भएपछि उनको आफन्तजनले खड्का विरुद्ध प्रहरीमा ठगी मुद्दामा जाहेरी दिएका थिए ।
आफूलाई महिला अधिकारकर्मी भन्दै धरान १४ मा बस्ने खड्काले विभिन्न घटना मिलाइदिने भन्दै बार्गेनिङ गर्ने गरेको आरोप लाग्दै आएको थियो । सोही क्रममा महिला सञ्जाल धरानले खडकालाई कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएको थियो ।
उनलाई आफ्नै निवासबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले जानकारी दिएका छन् ।