प्रकाश बन्जारा 

 इटहरीः न्यायिक समितिमा उजुरी दिएर मिलाइएका मुद्धाहरु कार्यान्वायन नहुने र पिडितहरु पुनः न्याय माग्नको लागि उजुरी लिएर न्यायिक समितिमै आउने गरेको पाइएको छ । 

रामधुनी नगरपालिकाको शुक्रबार सम्पन्न १३ औँ नगरसभामा न्यायिक समितिको प्रतिवेदन प्रस्तुत गर्दै समिती संयोजक तथा उपमेयर तारा थापाले न्यायिक समितिबाट मिलाइएका मुद्धाहरु कार्यान्वायन नहुँदा पिडित पुनः न्यायिक समितिमै आउने गरेको बताएकी हुन । 

न्यायिक समितिमा क्षेत्राधिकार भन्दा फरक प्रकृतिमा मुद्धाहरु आउने र दर्ता गर्न दवाव दिने गरेको समेत संयोजक थापा बताउँछिन् । 

325030870_6318584541494526_2950404726341474888_n

न्यायीक समितिमा सार्वजनिक पैनी मिचिएको, ज्याला मजदुरी नपाएको, बाली नोक्सानी गरेको, माटो लुटिएको कुखुराको खोर स्थान्तरण लगायतका मुद्धाहरु बढी आउने गरेको छ । 

रामधुनी नगरपालिकामा चालु आर्थिक बर्षमा १५ वटा मुद्धा दर्ता भएका छन् भने गत आर्थिक बर्षबाट फस्यौट नभएका २८ वटा मुद्धा आएकोमा चालु आर्थिक बर्षका ६ वटा र गत आर्थिक बर्षबाट आएका १४ वटा मुद्धा मात्रै फैसला हुन बाँकी रहेका छन् ।

यस बर्ष  नगरपालिकाको न्यायिक समितिले २३ वटा मुद्धाको किनारा लगाएको छ । यस बिचमा १२ वटा न्यायिक समितिको बैठक बसेको न्यायिक समितिकी एलिना श्रेष्ठ बताउँछिन् ।

आर्थिक बर्षको ६ महिनामा रामधुनी नगरपालिकाको न्यायिक समितिले मेलमिलाप कर्ताबाट ७ वटा मुद्धाको किनारा लगाएको छ भने १६ वटा मुद्धा मेलमिलाप केन्द्रमा सहमति गरी वा नगरी तारेख छाडेको र अदालत जाने लगायतका रहेको बताइएको छ ।