इटहरीः प्रदेश १ को झापामा स्कुल बसले ठक्कर दिँदा एक वृद्धाको मृत्यु भएको छ । 

झापाको गौरादह नगरपालिका–१ मा स्कुल बसको ठक्करबाट स्थानीय तुलसा दाहालको मृत्यु भएको  हो । दाहाललाई एभरेष्ट बोर्डिङ स्कुलको मे १ ख २६७६ नम्बरको बसले ठक्कर दिएको थियो । 

पैदल हिँडिरहेकी ७२ बर्षीया दाहाललाई बिहीबार दिउँसो तीन बजेतिर स्कुल बसले ठक्कर दिएको प्रदेश एक प्रहरी कार्यलयले जनाएको छ  । उनको, बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा बिहीबार राति सवा ९ बजे मृत्यु भएको प्रहरीको भनाई छ ।

प्रहरीले बस र सो बसका चालक गौरादह नगरपालिका–२ का ३७ वर्षीय अमरलाल ताजपुरियालाई नियन्त्रणमा लिएको छ ।