इटहरीः अन्तत नेकपा माओवादी केन्द्र प्रदेश १ सरकारमा सहभागी भएको छ । आज जीवन आर्चाय सहित सो पार्टीबाट २ जना मन्त्री मण्डलमा सहभागी भएका छन् । 

सो पार्टीबाट मोरङबाट प्रदेश सांसद बनेका जीवन आर्चाय र तेह्रथुमबाट सांसद बनेका दुर्गा चापागाई मन्त्री बनेका हुन् । उनीहरुसंगै एमालेका तर्फबाट बुद्धीराज भण्डारीपनि मन्त्री बनेका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उनीहरुलाई मन्त्रीमा नियुक्ती हुन् ।

नवनियुक्त तीनै जना मन्त्रीले प्रदेशप्रमुख परर्शुराम खापुङसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् । तीनै जना मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी भने दिइएको छैन ।

325394456_1376922963144133_520957382894386778_n

पुस २५ गते आफ्नो सपथसँगै ३ ‘विनाविभागीय मन्त्री’ नियुक्त गरेका मुख्यमन्त्री कार्कीले थप ३ जनालाई पनि विनाविभागीय नै राखेका छन् ।

यसअघि नै मुख्यमन्त्री कार्कीले एमालेबाट ताप्लेजुङका तिलकुमार मेन्याङ्बो, राप्रपाबाट झापाका भक्तिप्रसाद सिटौला र जसपाबाट ताप्लेजुङकै निर्मला लिम्बूलाई मन्त्री नियुक्त गरिसकेका छन् ।

325167123_1172520080106384_5010584324066618844_n


मन्त्रीहरुको बरियतामा कार्कीपछि मेन्याङ्बो छन् भने तेस्रो बरियतामा चापागाई छन् । यस्तै चौथोमा राप्रपाका सिटौला, पाँचौमा माओवादीका आचार्य, छैटौंमा एमालेका राजभण्डारी र सातौंमा जसपाका निर्मला लिम्बूलाई राखिएको छ । माओवादीबाट मन्त्री भएका आर्चायलाई पूर्वाधार तथा भौतिक योजना र चापागाईलाई पर्यटन, संस्कृति तथा वन मन्त्रालयले दिने लगभग सहमति भएको बताइएको छ ।