इटहरीः प्रदेश नम्बर १ को प्रदेस सभाको सभामुखमा नेकपा माओवादी केन्द्रका बाबुराम गौतमले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । 

प्रदेश १ का प्रमुख परशुराम खापुङ्गले नवनिर्वाचित सभामुखलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन । नेकपा माओवादी केन्द्रबाट ओखल्ढुंगा क्षेत्र नम्बर २ बाट निर्वाचित गौतम प्रदेस सभाको दोस्रो सभामुख बनेका छन् । उपसभामुखमा नेकपा एमालेको भाग छ । 

पार्टीमा ४ जना उपसभामुखको आकांक्षि रहेको बुझिएको छ । नेकपा एमालेबाट सिर्जना दनुवार, सिर्जना राई, मालती सुव्वा र तारा ढकाल उपसभामुखको आकांक्षि रहेको बुझिएको छ । सभामुख र उपसभामुखमा एक जना महिला अनिवार्य हुनुपर्ने भएपछि उपसभामुख महिला आउने कन्फर्म भएको हो । 

। प्रदेस सभाले उपसभामुखको निर्वाचन पौष ३० गते गराउने कार्यतालिका बनाएको छ ।