इटहरीः आलोपालो मुख्यमन्त्रीको दाउमा रहेको प्रदेश १ माओवादी केन्द्रलाई संघीय सरकारको नेतृत्वबाट सरकारमा जान दवाव बढेपछि मन्त्री छान्न सकस परेको छ । 

मुख्यमन्त्री आधा आधा कार्यकाल हुनुपर्ने भन्दै सरकारमा सहभागी नहुने संकेत गरेको नेकमा माओवादी केन्द्रले प्रदेश सरकारमा २ देखि ३ मन्त्रालय पाउने भएपछि आकांक्षीहरुको व्यवस्थापनमा जुटेको छ । 

मन्त्रीहरुको टुङ्गो लगाउन बिहिबार पदाधिकारीको बैठक ठाकिएको बताइएकोछ ।  

नेकपा माओवादी केन्द्रबाट मन्त्रीको आकांक्षीहरुमा जीवन आर्चाय ,दुर्गा चापागाईं, राजेन्द्रकुमार कार्की, गिता तिम्सिना, कज्र्याङ शेर्पा, पार्टीको प्रदेश कमिटि सदस्य गणेश उप्रेती, सांसद नारायण बुर्जालगायत रहेको स्रोतले बताएको छ । मन्त्रालयको संख्या थोरै र आकांक्षीहरु धेरै हुँदा पदाधिकारी बैठकलाई समेत नाममा अन्तिम टुंङ्गो लगायन निकै सकस छ  । 

नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेको माओवादी केन्द्रले आलोपालोको सहमति नभएको भएको भन्दै यसअघि सरकारमा सहभागिता नजनाउने बताएको थियो तर आलो पालो सिस्टम लागु हुने भन्दै संघीय सरकारबाट दवाव आएपछि मन्त्री छान्न बैठक डाकिएको बताइएको छ । 

१३ वटा मन्त्रालय रहेको प्रदेश एकमा नयाँ सरकार गठन लगत्तै मन्त्रालयको संख्या ९ मा सिमित गर्ने निर्णय मन्त्री परिषदले गरीसकेको छ । सानो मन्त्रिपरिषदमा धेरैलाई अटाउन नसकिने भएपछि माओवादीको भागमा २ देखि ३ वटा मन्त्रालय पर्ने देखिएको छ ।