इटहरीः प्रदेश १ सरकारका नव नियुक्त मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पुस २९ गते विश्वासको मत लिने भएका छन् ।
नेकपा एमाले, माओवादी केन्द्र , जसपा र राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले नेपालको संविधान २०७२ को धारा १६८ ९२० बमोजिम विश्वासको मत लिन लागेका हुन ।
सरकारलाई समर्थन गरेपछि नेकपा माओवादी कन्द्र भने सरकारमा सामेल भएको छैन । मुख्यमन्त्रीको रुपमा नेकपा एमालेलाई ५ वर्ष नै छाड्ने केन्द्रिय सहमतिमा असन्तुष्ट रहेको नेकपा माओवादी केन्द्र सरकारमा सामेल नभएको बेला कार्कीले विश्वासको मत लिने तयारी गरेका हुन् ।
९३ सदस्यीय प्रदेशसभामा एमालेको ४०, माओवादीको १३, राप्रपाको ६ र जसपाको १ सहित कार्कीलाई समर्थन गर्नेको संख्या ६० छ । जसमा कांग्रेस नेकपा एस प्रतिपक्षमा छन् तर संघीय सरकारमा भएको चमत्कार अनुसार नेकपा एस र कांग्रेसले पनि विश्वासको मत दिने भन्ने बारे भने केही पनि बाहिर आएको छैन ।