इटहरीः इटहरी ३ बौकाझोडा निवासी जीवन खजुमको साउदी अरबमा सुतेकै स्थानमा मृत्यु भएको छ । सोमबार राती उनको साउदी अरबमा सुतेकै स्थानमा मृत्यु भएको हो । 

लामो समय धरानबाट प्रकाशित हुने ब्लाष्ट टाईम्स दैनिकको प्रेस तथा वितरण विभागमा कार्यरत उनि राम्रा संगीतकर्मी पनि थिए । 

उनि पछिल्लो समय वैदेशिक रोजगारको शिलशिलामा साउदी अरब गएका थिए । साउदी अरबमा उनी हेभी सवारी साधन चलाउँदै आएका थिए । उनले साउदीकै कमाईले इटहरी ३ बौकाझोडा घर निर्माण गर्नुका साथै छोराछोरीलाई राम्रो शिक्षादिक्षा दिलाउँदै आएका थिए । 

खजुम अबको ५/६ महिनापछि वैदेशिक रोजगारबाट साउदीबाट इटहरी ३ स्थितघरमै बस्ने र यही केही गर्ने योजना बनाएर फर्कने तयारीमा रहेको तर आज एक्कासी घर कहिले नै नर्फने गरि यो संसारबाट विदा लिएको खबर सुन्दा आफु नै अचम्मित भएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय अध्यक्ष भीम राई ज्वालले जानकारी दिएका छन् । 

उनका अनुसार खजुम सुतेकै स्थानमा मृतफेला परेको र के कति कारणले उनको ज्यान गएको हो ? थप जानकारी प्राप्त भएको छैन् । ज्वालाले खजुम आफु ब्लाष्ट दैनिकमा काकारभिट्टा इन्चार्ज र सह सम्पादक हुँदासम्म उनी खजुमसँग बिताएका संचारकर्म तथा सांगेतिककर्मको स्मरण गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् । 

उनी जनवादी तथा लोक गायक पनि हुन् । एमाले निकट जनसाँस्कृतिक मञ्चमा आवद्ध भई उनले धेरै बर्ष गाँउ गाँउ पुगेर जनताका गीत गाएर जनतालाई जागरुक गराएका थिए । ब्लाष्टका सम्पादक किशोरकुमार कार्कीले समाजिक सञ्जाल मार्फत खजुमलाई जनवादी गायकका रुपमा प्रस्तुत गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।