इटहरीः अहिलेका युवा युवतीले कामना गरेजस्तै संगै बाँच्ने र संगै मर्ने संयोग जुरेको छ बेलबारी १० भाउन्नेका एक जेष्ठ जोडीलाई ।
कसैको बसमा नभएको मृत्यु पनि यी युगल जोडीका लागि सोमबार एकै चोटी आएको छ ,जसले जोडीलाई २ घण्टाको फरकमा लिएर गयो ।
संगै मृत्यु वरण गर्ने यो जोडी हो, नरबहादुर सार्की र उनकी पत्नि भक्तिमाया सार्कीको । सोमबार दिउँसो १ बजे संसार छाडेका नरबहादुर आफुमात्रै गएनन् प्राण प्यारी जीवनसाथी भक्तिमायालाई पनि संगै लिएर गए ।
नरबहादुरले देहत्याग गरेको २ घण्टाको फर भत्तिमायाले पनि दिउँसो ३ बजे देहत्याग गरिन् । यो जोडीको मंगलबार दाहसंस्कार समेत गरिएको छ ।
४ जना छोरा ५ जना छोरीका आमा बुवा रहेका यो जोडीका ३ नाती ७ नातीनी रहेका छन । आर्थिक अबस्था कमजोर भएका दम्पत्तीको काजकिरियाका लागि स्थानीयले चन्दा संकलन गरि आर्थिक सहयोग गर्ने तयारी भईरहेका स्थानीय अगुवा युवा तथा समाजसेवी ईन्द्रबहादुर बस्नेत बताउँछन् ।