इटहरीः सोमबार बस्ने भनेको प्रदेश एक प्रदेशसभाको बैठक आज मंगलबार बस्ने भएको छ । आइतबार साँझ बसेको सर्वदलिय बैठकले सोमबार बस्ने भनेको बैठक मंगलबारका लागि सारेको थियो ।  

मुख्यमन्त्री लगायत मन्त्रीहरुको सपथ ग्रहणको कार्यक्रमलार्य असर गर्ने भन्दै मंगलबारको लागि सारिएको थियो ।  

प्रदेश सभाको बैठक आज दिउँसो ११ बजे बस्ने छ । प्रदेश सभाको आजको बैठकले सभामुखको निर्वाचनको मिति तोक्ने बताइएको छ  । आइतबार बसेको कार्यावस्था समितिको बैठकले पुस २८ गते सभामुखको निर्वाचन गर्ने सहमति गरेको थियो भने उपसभामुखको निर्वाचन पुस ३० गते हुने बताइएको थियो । 

मुख्यमन्त्री एमालेको हातमा परेपछि सभामुखमा माओवादीको दावी छ ।  सभामुखको निर्वाचन कार्य तालिका सार्वजनिक गर्ने र मनोनयन पनि आज नै गर्ने तयारी रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।