इटहरीः मोरङ्ग जिल्लाको विराटनगरमा हुने ‘विराट गोल्डकप’को आगामी संस्करण  आगामी चैत ६ गतेदेखि १४ गतेसम्म हुने भएको छ ।

३८ बर्षे इतिहाँस बोकेको विराट गोल्डकप पहिला महेन्द्र गोल्डकपको नामले परिचित थियो । फुटवल प्रेमीका लागी नयाँ संस्करण सहित नियमित खेलप्रेमीको माया पाएको गोल्डकपले  सोमबार पत्रकार सम्मेलन गरी फुटबल प्रतियोगिताको संयोजकमा विराटनगरका प्रमुख नागेश कोईरालालाई दिने निर्णय गरेको जानकारी दिइएको हो ।

प्रतियोगिता आयोजक समितिका संयोजक नागेश कोइरालाले फुटबल म्याचले विराटनगरलाई चिनाउने बताएका छन् ।

‘यसलाई खेल मात्रै नभएर अवसरको रुपमा बदल्नु छ’ कोईरालाले भने विजेतालाई पुरस्कार २० लाख बनाएर देशकै आकर्षक बनाउँने संयोजक कोइरालाले बताएका छन् । 

२०६७ साल देखि विराट गोल्डकपको नामबाट  सुरुभएको उक्त प्रतियोगितामा पाँच नेपाली राष्ट्रिय टिम, एक घरेलु,दुई अन्तर्राष्ट्रिय टिम सहभागी हुने बताइएको छ ।