धरानः  खुकुरी एमेच्योर ओपन गल्फ प्रतियोगिता आयोजना गर्न धरान गल्फ क्लब र द नेपाल डिस्टिलरी प्रालिबीच एक बर्षको सम्झौता भएको छ ।

धरान गल्फ क्लबमा आज (सोमबार) बिहान प्रालिका एसिस्टेन्ट ब्राण्ड मेनेजर अभिषेक प्रधान र क्लबका सचिव भरत तामाङले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 

खुकुरी रमको उत्पादक प्रालिले प्रतियोगिताको टाइटल प्रायोजन गर्दै क्लबलाई एक बर्षको लागि ११ लाख रुपैया दिने सम्झौता भएको छ । यो सम्झौता एक बर्षको लागि भएकोले प्रालिले उक्त रकम आगामी बर्षको प्रतियोगिताको लागि उपलब्ध गराउनेछ । खुकुरी रम एमेच्योर ओपन गल्फको पहिलो सँस्करण भने यही शुक्रबार र शनिबार सम्पन्न भइसकेको छ ।

324850006_583226623818322_5107637503559226700_n

पहिलो सँस्करण भव्यरुपमा सफल भएकोले कम्पनीले प्रतियोगितालाई निरन्तरता दिन एक बर्षको सम्झौता गरिएको ब्राण्ड मेनेजर प्रधानले बताए । उनले हरेक बर्ष सम्झौता नविकरण गर्दै प्रतियोगितालाई निरन्तरता दिने पनि बताए ।

क्लबका सचिव तामाङले खुकुरी रमले मुख्य प्रायोजन गरेको पहिलो सँस्करण सफल भएको र अर्को बर्ष पनि प्रतियोगिताले निरन्तरता पाउने निश्चित भएको भन्दै खुशी व्यक्त गरे । दुई दिने प्रतियोगिताको पहिलो सँस्करणमा देशभरका ८६ जना एमेच्योर खेलाडीहरु सहभागी भएका थिए ।