इटहरीः प्रदेश एकमा मुख्यमन्त्री हिक्मत कार्की सहित चार जना मन्त्रीले सोमबार सपथ ग्रहण गरेका छन् ।
आइतबार साझँनै मुख्यमन्त्रीमा नियुक्ति भएका हिक्मत कार्कीले सोमबार चार विना बिभागीय मन्त्री सहित सपथ ग्रहण लिएका हुन ।
मुख्यमन्त्रीको शपथ ग्रहण लगतै उनले सत्ता साझेदार दलहरुबाट एक एकजना मन्त्री नियुक्त गरी शपथ गराएका हुन् । भागवण्डा र केन्द्रिय सहमतिमा चित्त नबुझेको भन्दै नेकपा माओवादी सरकारमा गएको छैन भने बाँकी राप्रपा, जसपा र नेकपा एमाले सम्मिलित सरकार गठन भएको हो ।
सोमबार नेकपा एमालेका तिलकुमार मेन्याङ्बो, राष्ट्रिय प्रजातान्त्र पार्टीका भक्तिप्रसाद सिटौला र जसपाकी निर्मला लिम्बूलाई मन्त्री नियुक्त गरी शपथ गराएका छन् । मन्त्रीहरु नियुक्त भएपनि उनिहरुलाई कुनै जिम्मेवारी दिइएको छैन ।