इटहरीः मुख्यमन्त्रीमा नेकपा एमालेका हिक्मत कार्कीलाई समर्थन गरेको नेकपा माओवादी केन्द्र तत्काल प्रदेश १ को मन्त्री परिषदमा सहभागी नहुने भएको छ । 

आज मुख्यमन्त्रीमा हिक्मत कार्कीले केही मन्त्री सहित सपथ ग्रहण गर्ने कार्यक्रम भएपनि माओवादी केन्द्रबाट भने कोही पनि सरकारमा सहभागी नहुने भएका छन् । 

माओवादी केन्द्रले सत्ता साझेदार दलको केन्द्रको निर्णयप्रति असन्तुष्टि जनाउँदै सरकारमा सहभागी नहुने निर्णय गरेको बताइएको छ । 

मुख्यमन्त्रीको दावीमा रहेको नेकपा माओवादी भागवण्डाको आधारमा नेकपा एमालेले नै मुख्यमन्त्री पाएपछि पनि केही असन्तुष्ट देखिएको हो । 

सरकारमा सहभागिताका लागि माओवादी केन्द्रले  निर्णय पुनरावलोकन हुनुपर्ने सर्त राखेको बताइएको छ ।  माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले निर्णय पुनरावलोकन नभएसम्म सरकारमा सहभागी नहुने बताएका छन् आङ्बो मुख्यमन्त्रीको आकांक्षी थिए । माओवादी केन्द्रले मुख्यमन्त्रीमा  आधा÷आधा कार्यकाल हुनुपर्ने माग राखेको छ । 

आइतबार साझ बसेको सत्तारुढ गठबन्धनको बैठकले प्रदेश १ मा पाँच वर्ष नै एमालेलाई दिने सहमति गरेपछि प्रदेश १ मा माओवादी चिढिएको हो । 

एमाले प्रदेश १ संसदीय दलका नेता हिक्मतकुमार कार्की आइतबार नै मुख्यमन्त्री नियुक्त भइसकेका छन् भने आज उनको सपथग्रहणको कार्यक्रम थियो ।