इटहरीः झुम्का जेसीसले आफ्नो इतिहासमै पहिलो पटक महिला अध्यक्ष पाएको छ ।
शनिवार सम्पन्न झुम्का जेसीसको निर्वाचनले कमला कार्की थापालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । कमला झुम्का जेसीको इतिहासमै नेतृत्वमा आउने प्रथम महिला हुन । त्यसैगरी यसपालिका झुम्का जेसीसले २ कार्यकारिणि उपाध्यक्ष र चार जना उपाध्यक्ष समेत सर्वसम्मत चयन गरेको छ ।
सर्वसम्मत चयन हुने कार्यकारीणि उपाध्यक्षहरुमा जेसी दिपेश बराइली र रोहित नेपाल छन् भने उपाध्यक्षहरुमा मनिष काफ्ले, भास्कर देवकोटा, मिलन रौनियार र आरवी कट्वाल रहेका छन् ।
झुम्का जेसीसको बाँकी रहेका पदहरुमा नेतृत्वले मनोनित गरेर पदपुर्ती गर्ने परम्परा छ । सोही अनुरुप महासचिव, सचिव , कानुनी सल्लाकार लगायतका पदपुर्ती हुने निवर्तमान कार्यसमितिका कार्यकारिणी उपाध्यक्ष जेसी गोविन्द आचार्यले जानकारी दिए ।