इटहरीः आफैले काम गर्ने पसलका साहुले फसाएपछि ३ करोड विगो भर्न नसकेर जेल पठाइएका लाल बहादुर विकको परिवारलाई इटहरी उपमहानगरका मेयर हेमकर्ण पोडेलले शनिवार भेट गरेका छन् ।
इटहरी १९ का गोपाल भनिने लालबहादुर विश्वकर्मामाथि अदालतबाटै अन्याय भएको भन्दै सर्वत्र आलोचना भइरहेको छ ।
पिडित परिवारले बिहिबार इटहरी चोकमा न्यायको लागि प्रद्र्धशन समेत गरेका छन् । इटहरी २० मा रहेको सिंहदेवी ज्वेलर्समा कामदार रहेका उनलाई जिल्ला अदालत सुनसरीले ३ करोड १४ लाख ११ हजार जरीवाना तोकेपछि लाल बहादुरको परिवार बिचल्लीमा छ ।
शनिबार पीडित विश्वकर्माको परिवारलाई भेटेर इटहरी उपमहानगरका मेयर पौडेलले निर्दोष मानिसले सजाय पाउन नहुने बताए । अझै न्याय माग्ने ठाउँ रहेकाले आँफूले आवश्यक सहयोगका लागि पहल गर्ने उनले बताए ।
मेयर पौडेलले विश्वकर्मा परिवारलाई आवश्यक सहयोग गर्ने भन्दै सहानुभूति दिएका छन् ।
‘अदालतले अरुलाई लालबहादुर नबनाओस्, लालबहादुरले न्याय पाउने ठाउँ अझै पनि छ,’ मेयर पौडेलले भने । ‘खाँदै नखाएको विष लाग्यो, बनिबुतो गरेर पाल्नुपर्ने ज्यान जेल जानुप¥यो । त्यत्रो जरिबाना कहाँबाट ल्याउने’, पीडितकी श्रीमती दीलकुमारी विश्वकर्माले मेयरसँग गुनासो गरेकी थिइन ।