धरानः जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एव्म सुनसरी १ का सांसद अशोक राई अहिले राजनीतिक समीकरणको कारण सबैभन्दा खतरा धर्म निरपेक्षमा हुनसक्ने बताएका छन् ।  

अध्यक्ष तथा सांसद अशोक राईले शनिबार धरानमा पार्टी कार्याकर्ता भेटघाटको अवसरमा यस्तो कुरा बताएका हुन । छिमेकी मुलुक समेत हिन्दु धर्म प्रति आस्था रहेको भन्दै आगामी दिनमा यस्तो खतरा हुनसक्ने बताए । यस्तो अवस्थामा सबै सचेत हुनुपर्ने अवस्था रहेको राईले बताए ।

२५ गते संसद अधिवेशन बोलाएको भन्दै २६ गते प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यतालिका भएको बताए ।  सांसद राईले अहिलेको संबैधानिक व्यावस्था अनुसार को ठुलो दल बन्ने भन्ने रणनीति अनुसार एकले अर्को दल मिल्ने मिलाउने पनि भैरहेको बताए । त्यही अनुसार एमालेले माधब नेपालको पार्टी मिलाउने तयारी भैरहेको बताए । हाल काङ्ग्रेस ठुलो पार्टी भएको भन्दै संबैधानिक व्यावस्था अनुसार दुई वा दुई भन्दा बढि पार्टीको सरकार गठनको तयारी भएको बताए । एमालेले आफु ठुलो पार्टी बनाएपछि फेरि पनि ठुलो दलको हैसियतले सरकार गठन गर्ने रणनीति गरेको खुलासा गरे ।

IMG_20230107_105851

२६ गतेको विश्वासको मत लिएको खण्डमा प्रचण्ड दुई वर्षका लागि प्रधानमन्त्री हुने बताए । संबैधानिक व्यावस्था अनुसार एकपटक विशावसको मत लिइसकेपछि दुई वर्षसम्म अविश्वासको प्रस्ताव राख्न नपाउने प्रावधान रहेको बताए । तर पनि दुई वा दुई भन्दा बढि पार्टीको समर्थनमा बनेको सरकारले कुनै दलले विश्वासको मत फिर्ता लिँदा फेरि पनि सरकार संकटमा पर्ने अवस्था रहेको बताए । यस्तो अवस्था तेस्रो बैकल्पिक संबैधानिक प्रावधान अनुसार एमाले ठुलो दल बनेको अवस्थामा प्रचण्डलाई लात मार्ने अवस्था रहेको उनले बताए । 

 राईले आफु निर्वाचित भएर जिम्मेवार काँधमा आईसकेको भन्दै तत्कालीन अवस्थामा कसैलाई घोचपेच गालि नगरी बिकास निर्माणको कुरा मात्र लिएर गएको बताए । अव आफुले बोलिएका कुरा र भोट माग्दा कार्यकर्ताले बोलेको कुरा पुरा गर्नेबेला भएको उनले बताए । त्यसै क्रममा धरानका मेयर हर्क साङ्पाङसंग पनि भेटघाट भएको बताए ।

 उनले धरान लेउती सुरुङमार्ग र सप्तकोशीको पानीको बिषयमा छलफल भएकोले ति कुरा क्रमिक रुपमा अगाडि बढ्ने बताए । धरानको छ लेनको बाटो चासोको बिषय रहेको भन्दै चार लेनमा झारेर लानको लागि कार्य गर्ने बताए । अशोक  राई सुनसरी १ बाट निर्वाचित भएर काठमाडौ गएपछि पहिलोपटक धरान आएका हुन् । धरान डे को अवसर पारेर गत पौष २० गते उद्घाटन गर्न प्रमुख अतिथिको रुपमा उनी धरान आएका हुन ।