इटहरीः लामो वाक युद्धमा सहभागी भएका धरानका मेयर हर्क साम्पाङ्ग र नेकपा एमालेकी केन्द्रिय सदस्य एंव पुर्व उपमेयर मञ्जु भण्डारी शुक्रबार एउटै मञ्चमा देखिएका छन् । 

गत बैशाखमा स्थानीय तह निर्वाचनमा स्वतन्त्रबाट मेयर हर्क साम्पाङ विजयी भएपछि सपथग्रहण समारोहमा उपस्थित भएकी भण्डारी लामो समयको अन्तरालमा शुक्रबार एउटै मञ्चमा देखिएकी हुन । 

नेकपा एमालेबाट मेयरको टिकट पाएर प्रतिस्पर्धामा रहेकी भण्डारी मेयरको दौडमा  तेस्रो भएकी थिइन् । 

बराह सहकारी संघर्ष समितिको आन्दोलनको क्रममा मेयरको कार्यकक्षमा तोडफोड भएपछि त एमालेसँगको सम्बन्धमा दरार आएपछि मञ्चु र हर्कले एक अर्काबिच साइवर अपराधमा निकै ठुलो युद्ध गरे । 

नेतृ भण्डारीको चुनावी प्रचारको तस्बिर अंकित संघर्ष समितिका अध्यक्ष खगेन्द्र नेपालीको तस्बिर पोष्ट गरेपछि एमाले र मेयर साम्पाङबीचको फेसबुक वारमा मात्र सिमित रहेन । नेतृ भण्डारीले साइबर अपराधबारे सिआइबीमा नै उजुरी गरिन् ।

त्यहाँ पश्चात उनिहरु बिच तिक्तता कायमै थियो । उनिहरु हिजो बिहिबार धरान वडा नं ३ स्थित चन्द्रपुर बजार जल्पा रोड उद्घाटन र आधारभुत स्वास्थ्य केन्द्रको भवन उद्घाटन कार्यक्रममा देखिएका थिए 

 ऐतिहासिक चन्द्रपुर बजारको बाटो कालोपत्रे सम्पन्न भएपछि धरान उत्सवकै अवसरमा बिहिबार उद्घाटन गरिएको हो । धरानको स्थापनाको इतिहाससँगै यो चन्द्रपुर बजार जल्पारोड बाटोको इतिहास पनि १२२ बर्ष भएको छ ।

 यो सडकलाई कालोपत्रे गर्न तत्कालिक कार्यवाहक मेयर हुँदा मञ्जु भण्डारीले पहल गरेको र  यो सडक २ करोड ३१ लाख ७८ हजार रुपैया बजेटमा तयार भएको बताइएको छ  ।