इटहरीः रामधुनी नगरपालिकाले सडक छेउमा बनेका अवैध संरचना हटाउन र फुटपाथमा पसल नराख्न १५ दिने सुचना जारी गरेको समय सकिएपछि बिहिबार बजार अनुगमन गरेको छ ।
मेयर, उपमेयर साथै प्रमुख प्रशासकिय अधिकृत र उद्योग बाणिज्य संघका प्रतिनिधिको रोहवरमा बिहिबार बजार अनुगमन गरिएको थियो ।
मापदण्ड विपरीतका संरचना र फुटपाथ पसल हटाउँन सूचना गरेपछि त्यसको प्रभाव मुल्याँकन गर्न अनुगमन गरिएको नगरपालिकाले बताएको छ । नगरले अवैध संरचना र फुटपाथ खाली गर्न माइकिङ्ग सुचना सहित पूर्व जानकारी गराएको थियो । राजमार्ग सडकको दायाँ वायाँ ८२ फिट भित्र रहेको मापदण्ड विपरीतका संरचना र फुटपाथ पसल हटाउँन नगरपालिकाको आग्रह रहेको छ ।
संयुक्त अनुगमनले अवागमन अबरुद्ध हुनेगरी बजार क्षेत्रमा फलफुल पसल, चटपटे ठेला, मासु पसल, निर्माण सामाग्री, पसलका सामान बाहिर सम्म राखेको पाएको छ । यसैगरी ग्यारेज, हार्डवेयरका सामान सडक छेउमै छरपस्टल राखेको पाइएको छ ।
फुटपाथमा रहेका पसल राख्न सटरहरु छन्, कृषि बजार छन्, नहरको डिलमा राख्न सकिने बिकल्पहरु भएपनि आवागमनलाई असहज नवनाउन अनुमगन टोलीले व्यावसायीलाई अनुरोध गरेको थियो ।