इटहरीः प्रदेस नम्बर १ को प्रदेस सभाका सांसदहरुले प्रदेसको नाम चाँडै सर्वसम्मतबाटै टुङ्गाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
नव निर्वाचित सांसदहरुको आरेन्टेसन कार्यक्रममा सांसदहरुको सो प्रतिवद्धता आएको हो । पहिलो प्रदेश सभाले पाँच बर्षे कार्यकालय प्रदेशको नामाकरण बाहेक सकिएपछि नव निर्वाचित सांसदहरुले प्राथमिकताका साथ प्रदेशको नामाकरणमा लाग्ने बताएको हुन ।
पहिलो कार्यकालमा प्रदेशले नाम पाउन नसक्दा पनि संघीयता विरोधीले प्रश्न उठाएको भन्दै सांसदहरुले अब सबै दलहरुले सहमतिमा प्रदेशको नामाकरण चाँडै गर्नुपर्ने बताएका छन । प्रदेशको नामकरण गर्न नसक्दा संघीयता खारेज गरौं भन्नेहरु हौसिएको उनीहरुको भनाई छ ।
प्रभावकारी कानुन बनाउन र बनेका कानुन कार्यान्वयन गराउँदै सरकारको निगरानी गर्न सके प्रादेसिक संरचना ठिक हो भन्ने मानसिकता जनमानसमा विकास हुने उनिहरुको धारणा छ ।
नयाँनिर्वाचित ९३ जना सांसदहरुलाई विराटनगरमा भेला गरि प्रदेशसभा सचिबालयले अभिमुखिकरण गराएको छ । पुस १५ र १६ गतेको अभिमुखिकरण सकेर १७ गते प्रदेश सभाको पहिलो बैठक समेत सम्पन्न भइसकेको छ ।
कार्यक्रममा संविधानविद् डा.विपिन अधिकारीले संघीयतामा प्रदेशसभा र सांसदहरुको भुमिका, कानुन निर्माण प्रक्रिया तथा सांसदहरुको अधिकारबारे प्रष्ट पारेका थिए । यसैगरि प्रतिनिधिसभाका पूर्वसचिव मुकुन्द आचार्यले प्रदेशसभा सञ्चालन र व्यवस्थापनको प्रक्रिया तथा मर्यादाबारे बुझाएका थिए । कार्यक्रममा पूर्व महालेखा प्रमुख सुरेश प्रधानसहितले अभिमुखीकरण गरेका थिए ।