इटहरीः प्रदेश नम्बर १ का प्रदेश प्रमुख परशुराम खापुङ्गले प्रदेश मुख्यमन्त्री नियुक्त गर्नको ७ दिनभित्र बहुमत दलको समर्थन सहित आउन प्रदेश सभालाई आव्हान गरेका छन् । 

निर्वाचन आयोगले गत पौष २ गते प्रदेश प्रमुखलाई प्रदेश सभाको निर्वाचन परिणाम सहितको प्रतिवेदन बुझाएको १५ दिन पछि प्रदेश प्रमुख खापुङ्गले सरकार गठनका लाग आव्हान गरेका हुन् । 

322152649_530640572374200_9572812308696346_n

प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नको लागि कुनै पनि दलको स्पष्ट बहुमत नआएको अवस्थामा नेपालको संविधानको धारा १६८ को उपधारान २ बमोजिम प्रदेश नम्बर १ को प्रदेश सभाको प्रतिनिधित्व गर्ने २ वा दुई भन्दा बढि दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश एकको प्रदेश सभासदस्यलाई १ हप्ताभित्र आउन आव्हान गरिएको छ । 

प्रदेश १ मा संघीय सरकारको गठबन्धन अनुरुप नेकपा एमालेको नेतृत्वमा सरकार बन्ने देखिएको छ । सरकार गठनका लागि नेकपा एमालेका संसदीय दलका नेता हिक्मत कार्की सहमति जुटाउन लागिपरेका छन् ।