विराटनगरः ठूलो दलको हैसियतले प्रदेश नम्बर १ मा नेकपा एमालेले नै नेतृत्व गर्ने सम्भावना भएसँगै मुख्य मन्त्रीमा हिक्मत कार्कीको नाम अगाडि आएको छ ।
त्यसो त माओवादीले पनि मुख्यमन्त्रीमा दाबी गरिरहेको छ । मुख्यमन्त्री नपाए उनी मन्त्री नहुने सम्भावना रहेको बताइएको छ । प्रदेश १ मा एमालेको ४०, माओवादीको १३, राप्रपाको ६ र जसपाको १ गरी ६० सिट छ । ९३ सदस्यीय प्रदेशसभा बहुमत पु¥याउन प्रदेश १ मा ४७ सांसद चाहिन्छ ।
यी हुन् मन्त्रीका दाबेदार
ताप्लेजुङका तिलकुमार मेन्याङ्बोलाई सभामुख वा मन्त्रीको रूपमा हेरिएको छ । समानुपातिकतर्फबाट सांसद बनेकी भोजपुरकी सिर्जना राई र उदयपुरकी सिर्जना दनुवारको पनि मन्त्री बन्ने चर्चा छ ।
सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी, मोरङका खड्ग बस्नेत र लीलाबल्लभ अधिकारी, इलामका राम राना, खोटाङका पीके राई, सुनसरीका रेवती भण्डारी, धनकुटाका निरन राई र इन्द्रमणि पराजुली तथा संखुवासभाका विदुर लिङ्थेप पनि मन्त्री बन्ने दौडमा छन् ।
त्यस्तै, माओवादीबाट मोरङका गणेश उप्रेती ९सुशील०, तेह्रथुमका दुर्गा चापागाईँ, संखुवासभाका राजेन्द्र कार्की, मोरङकी गीता तिम्सिना र जीवन आचार्यको नाम चर्चामा छ । उदयपुरका नारायण बुर्जा मगर र सोलुखुम्बुका गम्बु शेर्पाको नाम पनि चर्चामा छ । राप्रपाबाट भक्तिप्रसाद सिटौला र जसपाकी एक्ली सांसद निर्मला लिम्बूको पनि नाम चर्चामा रहेको छ ।