इटहरीः बाख्रालाई घाँस काट्न जंगल गएका सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ३ नडाहा बस्ने वुद्वीमान कार्कीको लडेर मृत्यु भएको छ ।
सुनसरी प्रहरीले दिएको जानकारीका अनुसार ७२ वर्षका कार्की बुधबार बिहान करिब ९ बजे तिर कालिन्द्र सामुदायिक वनको जंगलमा बाख्रालाई घाँस काट्न गएका थिए तर रुख चडेका एकासी रुखबाट खसेर घाइते भएका थिए ।
घाइते कार्कीलाई बाहिरी चोन नदेखिएपनि उपचारका लागी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । उपचारको क्रममा करिब ३ बजे डाक्टरले मृत घोषणा गरेको प्रहरी जनाएको छ ।