इटहरीः प्रदेश नम्बर १ का नवनिर्वाचित प्रदेश सांसदले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रदेश १ को प्रदेशसभाका ज्येष्ठ सदस्य ७९ वर्षीय गयानन्द मण्डल गनगाईंले संसादहरुलाई शपथ ग्रहणगराएका हुन ।
प्रदेश सभामा पाँचथर १(२) बाट निर्वाचित आर्थिक मामिला तथा योजनामन्त्री माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो, इलाम १(१) बाट निर्वाचित पर्यटन तथा संस्कृतिमन्त्री नेकपा (एकीकृत समाजवादी)की खिनुलङ्वा लिम्बुले मातृभाषा यक्थुङ/ लिम्बु भाषामा शपथ लिएका छन् ।
नेकपा एसकै पाचथर १(१) बाट निर्वाचित कमलप्रसाद जबेगु, कांग्रेसका ताप्लेजुङ् १(२) बाट निर्वाचित खगेनसिंह हाङ्गाम र जनता समाजवादी पार्टीकी निर्मला लिम्बुले मातृभाषा यक्थुङ/ लिम्बु भाषामा शपथ लिएका हुन् ।
यता नेपाली कांग्रेसकी सुनिता गच्छदार चौधरीले थारू भाषामा शपथ लिएकी हुन् । प्रदेश १ को प्रदेश सभामा प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा (एकीकृत समाजवादी)का ४ र जनता समाजवादी पार्टीका १ जना प्रदेश सांसद छन् ।