इटहरीः नेकपा एमालेका नेता हिक्मत कार्की नेकपा एमाले प्रदेश नं १ को संसदीय दलको नेतामा चयन भएका छन । 

आइतबार  विराटनगरमा बसेको एमाले संसदीय दलको बैठकले कार्कीलाई सर्वसम्मत संसदिय दलको नेतामा  चयन गरेको हो । एमाले स्थायी कमिटी सदस्य हुन् कार्की  झापा निर्वाचन क्षेत्र नं ५ (१) बाट प्रदेशसभा सदस्यमा निवार्चित भएका हुन् । 

 बैठकमा कार्कीलाई संसदीय दलको नेतामा तिलकुमार मेन्याङबो प्रस्तावक र आफुले समर्थक भएर प्रस्ताव गरेको र सर्वसम्मत चयन भएको बताइएको छ । 

संघमा नेकपा एमाले सहितको गठबन्धनबाट सरकार बनिसकेको अवस्थामा प्रदेश एकमा पनि नेकपा एमाले सहितको गठबन्धनले सरकार बनाउने तयारी सुरुगरेको छ ।