इटहरीः नेपाल तामाङ घेदुङ इटहरी उप महानगर समितिले १० औं अधिबेसनले मोहन लोप्चन तामाङलाई संघको आगामी कार्यकालका लागि अध्यक्षमा निर्बिरोध निर्वाचित गरेको छ ।
संस्थाका निबर्तमान अध्यक्ष चन्द्र बहादुर गोम्देनको समापतित्वमा भएको अधिवेशन नेपाल तामाङ घेदुङ १ नः प्रदेश समिति अध्यक्ष रेख बहादुर घिसिङ तामाङको प्रमुख अतिथि आतिथ्यमा सम्पन्न भएको थियो ।
तामाङ घेदुङ प्रदेश समितिका पदाअधिकारी जिल्ला तामाङ घेदुङ समिति नगर तामाङ घेदुङ लगायत इटहरी २० वटा इकाई समितिका प्रतिनिधिहरुको उपस्थितिमा भएको कार्यक्रममा आमत्रित अतिथीको रुपमा नेपाल स्वतन्त्र सडक ब्यापार श्रमिक संगठन का केन्द्रिय उप महासचिव प्रदीप घिसिङ तामाङको उपस्थिती रहेको थियो ।
कार्यक्रममा तामाङ भाषामा कविता गीत विभिन्न तामाङ सेलो गित सगै माने मोलम पनि प्रस्तुत गरिएको थियो ।
आगामी कार्यकालका लागि निर्वाचित संस्थाका अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा हस्त ग्यावा तामाङ्ग र दिपा घिसिङ्ग तामाङ्ग, सचिवमा रत्न योन्जन, उप सचिवमा डिक कुमार बोम्जन, कोषाध्यक्षमा टेक वहादुर मोक्तान रहेका छन् । यस्ता नयाँ कार्यसमितिका सदस्यहरुमा कुमारी मोत्तान, प्रदिप तोइसाङ्ग, थपसेकला डुम्जन, सेतुलाल तामाङ्ग , गोविन्द्र मोत्तान र मदन गोम्देन रहेका छन् ।
भेलाले तामाङहरुको सास्कृति भवन निर्माणका लागि इटहरी हवाई चोक मा रहेको जग्गा लाई इटहरीको साझा सभागृह हल बनाउने तयारीमा स्थानिय तहको ध्यान केन्द्रित नभएको भन्दै यसका लागि इटहरी सरकार सँग समन्वय गरी सबै धर्म सबै भाषा र सबै जात जातिय संस्थालाई कार्यक्रम गर्ने सोच साथमा अगाडी बढाने विषयमा समेत छलफल भएको थियो । भवनको लागि डि पि यार तयार भए पनि बजेट भने नआएको गुनासो प्रदीप घिसिङ ले गरेका थिए ।
सबै तामाङ हरुलाइ अब चुनाव मा जिताउने मात्रै होइन साझा काम को अवधारणा गर्ने ब्याक्ती लाई अगाडी सार्नुपर्ने बताए । १ नः प्रदेश समितिका उप सचिव मनि तितुङ तामाङका अनुसार जग्गा खरिद गरेको बर्षौँ भए पनि पटक पटक स्थानिय सरकार र प्रदेश सरकार लाई ज्ञापन पत्र बुझाए पनि कुनै जिम्मेवार जवाफ आएको छैन ।
तामाङ समुदायको दाहस्कार गर्ने ठाँउ लाई पनि बन मा दाहस्कार गर्ने अधिकार समेत कानुनी ढंगले मान्यता नदिएको तामाङ्गको भनाई छ ।
इटहरी विभिन्न जात जाती तथा धर्म समुदायको साझा थलो भएकाले धर्म र कर्म गर्न थलो नहुदा सरकार भएको महसुस नभएको निर्वाचित अध्यक्ष मोहन लोप्चन तामाङ भनाइ छ । तामाङ समाज मात्र हैन विभिन्न जात जातीय को धर्म कार्यक्रम गर्ने ठाँउ इटहरीमा नरहेको जहिले पनि ठुलो कार्यक्रम हुँदा दुर्गा पार्टी प्यालेश लाइस क्लब र विभिन्न ब्यवसाय ढंगले चलेका ठाउँमा जानुपर्ने बाध्यता रहेको अध्यक्ष तामाङ्गले बताए । सरकारले चाहेमा भवन निर्माण गरि सबै इटहरी भित्रको हरेक संघ सस्था लाई गर्न सहज हुने पनि निर्बाचित अध्यक्ष को भनाइ रहेकोे छ ।