इटहरीः  प्रदेश १ का मुख्य मन्त्री राजेन्द्र कुमार राईले आफ्नै पार्टीबाट घेराबन्दी गरेर सोचे जति काम गर्न बाधा सृर्जना गरेको बताएका छन । 

श्ुाक्रबार नेकपा एकीकृत समाजवादी १ नम्बर प्रदेश कमिटिले गत निर्वाचनमा प्रदेश सभा तथा प्रतिनिधि सभामा नेकपा एकीकृत समाजवादीबाट निर्वाचित सांसदलाई बद्याई दिन आयोजित कार्यक्रममा बोल्दै मुख्य मन्त्री राईले  आफू मुख्य मन्त्रीको हैसियतमा रहेर सँधै पार्टी र जनताको पक्षमा काम गरिरहँदा आफ्नै पार्टीका साथीहरुले ठुलो रकमको योजना लिएर आउने अनि त्यो योजना नपरे मन्त्री र मुख्य मन्त्रीको बद्नाम गर्नेगरि सामाजिक संजाल तथा अन्य पार्टीका मिटिङ्गमा अविवेकपुर्ण ढंगबाट प्रस्तुत हुने गरेको बताए ।

मुख्य मन्त्री राईले भने पदमा बस्नु भनेको कैदी जिवन विताए भन्दा गा¥हो भएको समेत अनुभव सुनाए । ‘अब म कुनै पदमा पनि बस्ने मनसाय बनाएको छैन । यदि साथीहरुलाई कुनै पदमा बस्न दिने हो भने काम गर्न दिनु पर्छ नत्र कुनै पदमा बस्नुको औचित्य छैन ।’ मन्त्री राईको भनाई थियो । 

कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादीका सुनसरी जिल्ला ईनचार्ज महफुज आलमले आफुले गत निर्वाचनमा गठबन्धनको मर्म अनुरुप काम गरेको बताएका छन । कार्यक्रमको विशेष समयमा बोल्दै ईनचार्ज आलमले आफ्नो पार्टीबाट निर्वाचित सांसदले कतै बिचल्लि नभई जनताको पक्षमा काम गरनुपर्ने बताए । नेकपा एकीकृत समाजवादी पार्टीको प्रदेश ईन्चार्ज तथा केन्द्रीय उपाध्यक्ष घनेन्द्र बस्नेतले पाटिमा नेता कार्यकर्ताले आफ्नो पार्टिको एजेन्डा जनतासम्म पुर्याउन नसक्दा पार्टी राष्ट्रिय पार्टी वन्न नसकेको बताएका छन । 

321510670_3334937833421587_5147981912233966543_n


बदाई तथा शुभकामना कार्यक्रमका प्रमुख अथिति समेत रहेका बस्नेतले  बिद्रोह गरेर आएका पार्टी भएकाले केही मेहेनत गर्नु पर्ने बताएका हुन । गत निर्वाचनमा आफुले निर्देशन दिए अनुरुप काम भएको भए समानुपातिकमा दस लाख भन्दा बढी मत आउने उनले  जिकिर गरे । उनले पार्टीका कार्यकर्तालाई पार्टीले गठबन्धन नछाडने र अहिलै कुनै पार्टी सँग एकता नहुने वताए ।

सम्मान कार्यक्रममा पार्टी पोलिव्युरो सदस्य धर्मराज निरौला, पार्टीका  केन्द्रिय सदस्य केशव कुमार विष्ट, प्रदेश कमिटीका महेश रेग्मी लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिती थियो । 

ईटहरीको  चिया चौतारिमा आयोजना गरिएको  सम्मान तथा बदाई ज्ञापन कार्यक्रममा नेकपा एकीकृत समाजवादीबाट १ नम्बर प्रदेश सभाका लागि निर्वाचित सांसद बिध्या चाम्लिङ राई, कमल प्रसाद जगेवु, खिनु लिम्बू र राजेन्द्र कुमार राई लाई बद्याई दिँदै सम्मान गरिएको थियो ।  कार्यक्रम प्रदेश कमिटी अध्यक्ष वलदेव चौधरीको सभापतित्वमा सम्पन्न भएको थियो ।