इटहरीः नेकपा एकीकृत समाजवादी प्रदेश नम्बर १ कमिटीले प्रदेश १ को प्रदेश सभामा कलम चुनाव चिन्हबाट विजयी भएका सांसदहरुलाई सम्मान गरेको छ ।
श्ुाक्रबार इटहरीको चिया चौतारीमा आयोजना गरिएको एक कार्यक्रमका बिच गत मंसिर ४ गतेको प्रदेश सभा निर्वाचनमा निर्वाचित भएका सांसदहरुलाई बद्याई तथा सम्मान कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रमका नेकपा एकीकृत समाजवादीका प्रदेश १ का अध्यक्ष वलदेव चौधरीले निर्वाचित ४ जना सांसदलाई बद्याई दिँदै सम्मान गरेका थिए ।
सम्मान पाउनेमा प्रदेश १ का मुख्य मन्त्री तथा भोजपुरबाट प्रदेश सभा सदस्यमा प्रत्यक्षतर्फ निर्वाचित राजेन्द्र कुमार राई , संस्कृती तथा पर्यटन मन्त्री एंव प्रदेश सभामा इलामबाट निर्वाचित खिनु लिम्बु साथै पाँचथरबाट प्रदेश सभामा निर्वाचित कमल प्रसाद जगेवु र समानुपातिक तर्फबाट विजयी सांसद विद्या चाम्लिङ्ग रहेका छन् ।