धरानः धरानका मेयर हर्क साम्पाङ्गले माफी नमाग्ने र उल्टै कार्यपालिका सदस्यहरुको राजिनामा मागेपछि धरानका ६ वटा राजनीतिक दलहरुको यतिबेला होस उडेको छ ।

शनिवार  नेकपा एमाले धरानको कार्यालयमा धरानका ६ वटा राजनीतिक दलहरूको बैठक बसेको कुरा एमालेका नगर अध्यक्ष हर्कजङ्ग एभेङ्गले फेसबुकमा पोस्ट गरेका छन् ।

धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक ३ पटक स्थगित भएपछि पत्रकार सम्मेलन गर्दै कार्यपालिका सदस्यहरुले माफी माग्नुपर्ने माग राखेका थिए ।

सोही विषयलाई लिएर शनिवार एमालेको कार्यालयमा ६ वटा राजनीतिक दलहरु क्रमशः नेकपा एमाले , नेपाली काङ्ग्रेस , नेकपा माओवादी केन्द्र, राप्रपा नेपाल, जसपा र संघीय लिम्बुवान राष्ट्रिय मञ्चको संयुक्त बैठक बसेको कुरा एमाले नगर अध्यक्ष एभेङले फेसबुकमा पोस्ट गरेका हुन् ।

IMG_20221217_143842

बैठकमा सहभागी एक नेताले दलहरूसंग समन्वय र वार्ता गर्न संघीय लिम्बुवान मञ्चको तर्फबाट अमर इजमलाई जिम्मेवारी दिएको  बताएका छन् । 

बैठकमा १ न प्रदेश सभाका सभामुख प्रदीप भण्डारी, वडाअध्यक्षहरु क्रमशः १५ का नरेश इवारम, १६ का मुरारी भट्टराई , १७ का सुर्य बहादुर भट्टराई (मनोज)लगायतको उपस्थिति रहेको थियो ।

कार्यपालिका सदस्य अनुप देवानलाई बैठकबाट बाहिर जानुस भनेको कारण धरानमा राजनीतिक दलहरु र मेयर साम्पाङ्ग बिच समस्या देखिएको हो । दुबैपक्ष एकअर्कामा आरोप प्रत्यारोपण गर्दै आफ्नै अडानमा बसिरहेका छन् ।