धरानः धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक स्थगित भएको छ । बैठकको क्रम संख्य नपुगेपछि बैठक स्थगित भएको हो ।
बिहीबार बोलाइएको बैठकमा ४ जना मात्रै वडाध्यक्ष र २ जना कार्यपालिका सदस्य उपस्थित भएपछि बैठक बस्न नसकी स्थगित भएको हो ।
बैठकमा वडा नं १७ का वडाअध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज), वडा नं १५ का अध्यक्ष नरेश इवारम, वडा नं १८ का नरेन्द्रकुमार राई (प्रविण) र वडा नं ६ का भुपेन्द्र भट्टराई मात्र सहभागी थिए ।
बैठकमा कार्यपालिका सदस्य दिनेश गजमेर, वडा नं १४ बाट प्रतिनिधि भएर आएकी झरना सुनुवार उपस्थित भएका थिए । कार्यपालिका सदस्यहरुकोतर्फबाट वडा १७ का अध्यक्ष तथा प्रवक्त भट्टराईले मेयर हर्क साम्पाङले कार्यपालिका सदस्यमाथि गरेको अपमानजनक शब्द फिर्ता लिएर माफी नमागेसम्म कोही पनि कार्यपालिका सदस्यहरु बैठकमा सहभागी नहुने बताए ।