धरानः धरान उपमहानगरपालिका मेयर हर्कराज साम्पाङलाई कारबाही गर्न ३ कार्यापालिका सदस्यले माग गरेका छन् ।
मेयर साम्पाङको फेसबुक पेज ‘हर्क साम्पाङ अ रेभोलुसन’ मा दलित समुदायलाई होच्याउने शब्द लेखेपछि ३ कार्यपालिका सदस्यले आपत्ति जनाउँदै कारबाहीको माग गरेका हुन् ।
बिहीबार धरान उपमहानरका कार्यपालिका सदस्य सावित्रा परियार, देवीमाया विक र दिनेश गजमेरले विज्ञप्ति जारी गर्दै प्रमुख राईलाई कारबाहीको माग गरेका हुन् ।
प्रमुख राईले समाजिक सञ्जाल फेसबुकमा दलित समुदाय भित्रका मिजार समुदाय लक्षित स्टाटस लेखेका थिए । प्रमुख राईले मिजार समुदायलाई लक्षित गर्दै ‘बल होइन बुद्धि लगा चमारे बुद्धि’ फेसबु्कमा लेखेका थिए ।
‘मिजारे’ दलितभित्रको मिजार समुदायलाई अपमानित वा होच्याउँदा प्रयोग गरिने शव्द भन्दै चौतर्फी विरोध हुँदै आएको छ । उनीहरुको विज्ञप्तिमा ‘जनताको प्रतिनिधि र स्थानीय सरकारको प्रमुखजस्तो गरिमामय पदमा आसिन व्यक्तिले संविधान, प्रचलित मूल्य मान्यता र अन्तर्राष्ट्रिय मानवअधिकारको भावना र मर्मविपरीत चमार समुदायप्रति अपमान गर्नुले समाजमा नकारात्मक असर पर्ने भएकाले धरान नगर प्रमुख राईलाई कानुन बमोजिक कारबाहीको माग गदैछौँ’ भनिएको छ । राष्ट्रिय दलित आयोगले समेत प्रमुख राईलाई माफि गर्नु पर्ने भन्दै विज्ञप्ति जारी गरेको छ ।