धरानः धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कार्यपालिका सदस्यलाई अपमानित गरेको भन्दै वडाध्यक्षहरूले माफी माग्न माग गरेका छन् ।

बिहीबार धरान २० वटा वडाका वडाध्यक्षहरूसहित कार्यपालिका सदस्यले पत्रकार सम्मेलन गरी माफी माग्न माग गरेका हुन् ।

 कार्यपालिका बैठक स्थगित भएपछि नगर प्रमुख राईले ऐन कानुनविपरित तोक आदेशमा नगरपालिका सञ्चालन गर्ने अभिव्यक्ति दिएका थिए । यस अघि एउटा कार्यपालिका बैठक पनि स्थगित भएको थियो । यस अघिका २ कार्यपालिका बैठक  र बिहीबारको कार्यपालिका बैठक पनि माफी माग्नु पर्ने अडान लिएका कारणले बस्न नसकेको वडाध्यक्षले बताएका छन् । 

धरान १७ अध्यक्ष तथा प्रवक्त सुर्यबहादुर भट्टराईले नगर प्रमुखले नीतिविपरित गरेका कार्यहरु सच्याउन पनि माग गरेका छन् । उनीहरुले नगरप्रमुख राईले तोक आदेशमा सञ्चालन गर्छु भन्ने अभिव्यक्तिलाई व्यहारमा उतारेको निष्कर्ष निकालेको बताएका छन् । नगर प्रमुख गैर संवैधानिक गैरकानुनी रुपमा नगरका विकासीय समिति गठनमा रोक, बिना निर्णय साबुन उधोगको निर्माण कार्य सूरु, विपी पार्कको नाम परिवर्तन गरी विना निर्णय आफ्नो फोटो राखि श्रम संस्कृतिपार्क नामाकरण,सामाजिक संजाल (फेस बुक) मा तुच्छ शब्दहरु प्रयोग गरि गालि गलौज, जातिय सद्धभाव खलबलिने गरी चमारे भन्ने शब्द प्रयोग गरी दलित समुदायको आत्मा सम्मानमा चोट पुर्याएको, सेवाग्राहीहरुलाई हप्किदप्कि गर्नुका साथै राष्ट्र सेवक कर्मचारीहरुलाई अपमानित गर्ने गरेको बताएका छन् । 

जनताहरुले आफ्ना गुनासा तथा कामहरु लिएर आउदा हप्कि दप्कि गर्दै प्रहरी बोलाएर धरपकड गर्न खोजिएको र मुद्धा समेत लगाएको जनाएका छन् । प्रवक्त भट्टराई भने, ‘नागरिक गुनासो लिएर आउँदा प्रहरी लगाएर धडपकड गर्न मिल्छ ? यस अघि बोलाइएको कार्यपालिका बैठकमा माफी माग्नु पर्ने अडान लिंदा नगर प्रमुख राई आफै बैठकबाट बाहिर निस्कएको विज्ञप्तिमा उल्लेख छ । 

harka_sampang_l5GRdIMt1o

नगर प्रमुख राईले स्वच्छाचारी र अराजक प्रवृतिका कारण कार्यपालिकले गर्नु पर्ने महत्वपुर्ण विषयको निर्णयहरु गर्न नसकेको वडाध्यक्षहरुले जनाएका छन् । विज्ञप्तिमा नगर प्रमुख राईको कार्यशैली ,व्यवहार, तुच्छ शब्दहरुको कारण समग्र धराने भएको जनाएका छन् । उनीहरुले नगर प्रमुख राईले कार्यशैली परिवर्तन गरि म होइन हामी भन्ने भावना अनुरुप धरानको विकासका लागि एकताबद्धरुपमा अघि बढ्ने वातावरण सृजना गर्न माग गरेका छन् । 

वडाध्यक्षहरुले कार्यपालिका बैठक पनि फेसबुकमार्फत जानकारी गराएको बताएका छन् । स्थानीय सरकार सुचना दिने आधिकारिक माध्यम हुनु पर्ने पनि वडाध्यक्षहरुले बताए ।  वडाध्यक्षहरुको कार्यपालिका सदस्यहरूले कार्यपालिका बैठक सञ्चालन हुन नसकेको विषय नगरका हाताभित्र पत्रकार धरानवासी नागरिकालाई जानकारी गराएका छन् । 

नगर प्रमुख राईले भदौ १३ गतेको कार्यपालिका बैठकमा कार्यपालिका सदस्य अनुप देवानले बैठकका प्रस्तावमा राय राख्ने क्रममा राय राख्न रोक लागउदै बाहिर निस्केर जानुुस भनेका थिए । 

नगर प्रमुख राईले कार्यपालिका सदस्य देवानलाई बाहिर निस्के जानु भनेको कार्यपालिकाका सम्पुर्ण सदस्यको अपमानित गरेका माफि माग्नु पर्ने बताएका छन् । 

वडाध्यक्षहरुले जारी गरेको विज्ञप्तिमा ‘हामिले नगर प्रमुख राईलाई आत्मा आलोचना गरी बैठकलाई सुचारु गर्न माग गर्दा म आत्मा आलेचना गर्दिन भनि स्वच्छाचारी प्रवृति देखाएकाले’ बैठक स्थगित’ उल्लेख छ । 

विज्ञप्तिमा ‘नगरको नेतृत्व राई भएकाले सहजिकरण गरी बैठकलाई सुचारु गर्न पहल गर्नु हुन्छ’ भन्ने हाम्रो अपेक्षा थियो’ उल्लेख छ ।