इटहरीः बालमैत्री नगर घोषणा गरेजस्तै गरी रामधुनीलाई अपांग मैत्री नगरको रुपमा घोषणा गरेर शारिरिक अशक्तता भएका व्यक्तिहरुका लागि सहज जिवन यापनको अवसर सिर्जना गर्नुपर्ने माग रामधुनीमा मंगलबार उठेको छ । 

नेपाल अपांगता नगर समिति रामधुनी ले ३१ औ अपाङ्गता दिवसको अवसर पारेर मंगलबार आयोजना गरेको कार्यक्रममा बोल्दै अपाङ्ग महासंघ रामधुनी नगरकमिटीका अध्यक्ष डिल्ली चौँलागाईले अपांग मैत्री नगरको घोषणा गर्न नगर सरकारलाई आग्रह गर्दैै त्यसमा आफुहरुले सक्दो काम गर्ने बताए । 

३१ औँ अपाङ्गता दिवसकै अवसरमा नेपाल अपांगता नगर समिति रामधुनी ले  नवनिर्वाचित प्रदेश शभा तथा प्रतिनिधि सभाका सांसदहरुलाई सम्मान गरेको छ ।

रामधुनी नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा सुनसरी निर्वाचन क्षेत्र नम्बर  २ का नवनिर्वाचित सांसद भिम आचार्य , प्रदेश सभा २ ‘क’ का सांसद रेवतीरमण भण्डारी , २ ‘ख’ का सांसद रामप्रसाद मेहता  सहित अपाङ्गता भएर विभिन्न उदाहरणीय काम गर्दै आएका व्याक्तिहरुलाई सम्मान गरेको हो ।

318355689_516542953751565_7277495199827900279_n

 कार्यक्रममा बोल्दै रामधुनी नगरपालिका प्रमुख शंकरलाल चौधरीले फरक क्षमता भएकाहरुले नगरको कुनै काम गर्न असहज परिस्थिति आउन नदिने बताएका छन् । अपाङ्गता नगर समन्वय समिति संयाेजन तथा उपप्रमुख तारा थापाले जन सुकै अबस्थामा पनि अपाङ्गताकाे साथ नछाडने बताएकि छन । नवनिर्वाचित प्रदेश सभा सदस्य रेवतीरमण भण्डारीले आगामि दिनमा फरक क्षमता भएका व्याक्तिहरुलाए अन्य मनिस सरह काम गर्न सक्नेगरि काम गर्न आवस्यक सहायक सामाग्री उपलव्ध गराउनमा लागि पर्ने बताएका छन । 

318356134_1321963301888268_2361323047975496940_n

नवनिर्वाचित संघिय सांसद भिम आचार्यले संविधानमा व्यावस्था भए अनुरुप सेवा दिनमा लागि पर्ने बताए । वृद्ध वृद्धा , बालबालिका ,एकल महिला र फरक क्षमता भएका मनिसहरुलाई कानुनमा भए अनुरुपको सेवा उपलव्ध गराउन अति आवस्या रहेको बताएका छन् । 

राष्ट्रिय अपाङ्ग महासंघ रामधुनी नगरअध्यक्ष डिल्ली चौँलागाईले बिगतका दिनहरूमा विभिन्न संघ संस्थाको सहयोगमा सहायक सामाग्री बितरण गरिरहेको जनाएका छन । कार्यक्रमका सभापति समेत रहेका चौँलागाईले उपचार गराउन आवस्यक देखिएका फरक क्षमता भएका व्याक्तिहरुलाई नगर र विभिन्न संघ संस्थाको सहयोगमा हस्पिटलसम्म पुर्याउने काम गरिरहेको र आगामी दिनमा प्रदेश र केन्द्रले पनि आवश्यक सहयोग गर्नेमा आसावादी रहेको बताए ।

318186262_1514198389083199_4498124993935569407_n