इटहरीः इटहरीकी  १९ बर्षीया किशोरीमाथि सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले इटहरीबाट चार जना युवालाई पक्राउ गरेको छ ।  

गत बैशाख २७ गते विवाहमा गएर फर्किने क्रममा इटहरी १० स्थित बुढी खोलाको किनारमा सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले उनिहरुलाई पक्राउ गरेको बताइएको छ । 

इलाका प्रहरीले कार्यलय इटहरीका अनुसार आरोपितहरुले  विवाहमा सहभागी भएर घर फर्किरहेकी किशोरीलाई  विभिन्न त्रास देखाएर बलात्कार गरेका थिए । 

आरोपि महिलाले जाहेरी दिएपछि  इटहरी उपमहानगरपालिका–१० का २५ वर्षीय विकास चौधरी, २८ वर्षीय मुकेश चौधरी, २० वर्षीय धीरज चौधरी र ३१ वर्षीय सरोज चौधरी पक्राउ परेको प्रहरीले जनाएको छ ।

घटनाबारे कसैलाई सुनाएमा पीडित र पीडितको घर परिवारसमेतलाई मारिदिने धाकधम्की दिई डरत्रास देखाउँदै आएको कारण सात महिनासम्म उजुरी गर्न नआएको भनी पीडितले बयान दिएको इलाका प्रहरी कार्यलय इटहरीका प्रहरी निरिक्षक भिम बहादुर खड्काले जानकारी दिए । 

प्रहररीले चारै जनालाई पक्राउ गरी पाँच दिन म्याथ थपेर अनुसन्धान गरिरहेको जनाएको छ ।