धरानः धरान १३ की उषा राई मृत्यु प्रकरणमा सत्यतथ्य छानविन गरी दोषीलाई कारबाही गर्न महिला सञ्जाल धरानले माग गरेको छ ।

बिहीबार सञ्जालले विभिन्न निकायलाई ध्यानाकर्षण पत्र बुझाउँदै दोषीलाई कारकाही गरी पीडितलाई न्याय दिलाउन माग गरेको हो । 

महिला सञ्जालकी अध्यक्ष सपना राईका अनुसार धरान उपमहानगरको न्यायिक समिति, इलाका प्रशासन कार्यालय धरान, इलाका प्रहरी कार्यालय धरान र राष्ट्रिय महिला आयोगलाई ध्यानाकर्षण बुझाएको हो । 

317381337_2419240034880987_4196235599068229179_n

उनले सत्यतथ्य छानविन गरी दोषीलाई कारबाहीका ध्यानाकर्षण बुझाएको बताइन्न । अध्यक्ष राईले इलाका प्रशासन कार्यालय धरानमार्फत महिला आयोग बिराटनगर र राष्ट्रिय महिला आयोग कामठमाण्डौलाई पनि ध्यानाकर्षण पत्र पठाएको बताइन् । 

सञ्जालले धरान नगर उपप्रमुख अइन्द्रविक्रम बेघा, इलाका प्रशासन कार्यालय धरानका प्रमुख चुडाराज भट्टराई, इलाका प्रहरी कार्यालय धरानका डीएसपी बुद्ध श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाउँदै चाडो छानविन गरी दोषीलाई कारबाही दायरामा ल्याउन माग गरेको हो । सञ्जालको ध्यानाकर्षण पत्रमा ‘धरान १३ निवासी एकल महिला उषा राईको दुखद घट्नाको उथाशिघ्र छानविन गरी दोषीलाई कडा भन्दा कडा कारबाही गर्न माग गर्दछौँ ।’  उल्लेख छ ।

317549009_2419239501547707_8133231041375357433_n (1)