इटहरीः सामान्यतया आमा समुह भन्ने वित्तिकै घर समाजमा रहेका महिलाहरुको हित र भलाईका आवाज उठाउने महिलाहरुको समुह भनेर बुझ्ने गरिन्छ तर सुनसरीको धरानमा आमा समुहकै कुटपिटबाट एक महिलाले ज्यान गुमाएकी छन् ।  

धनकुटा स्थायी घर भएकी धरान १३ मा डेरा गरी बस्ने ४२ वर्षकी उषा राइलाई धरानको आमा समूहले कुटपिट गरेको खुलेको हो । धरानमा  सिलाई बुनाईको कार्य गर्ने श्रमिक महिला उषालाई शंकाको भरमा जनजागरण आमा समुहबाट निर्घात कुटपिट गरेको मृतकका आफन्तको आरोप छ । 

गम्भिर घाइते भएकी उषालाई धरान स्थित  विपि कोइराल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको लागि लगिएकोमा उही मृत्यु भएको हो । उषाको अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गर्दा गर्दै बुधबार विहान २ः४० मा मृत्यु भएको खबर छ । 

उषाको मृत्यु पछि मृतकका आफन्तले कर्तव्य ज्यान मुद्धाको उजुरी दिएका छन् । उजुरी गर्नेहरुले जागरण आमा समुहका महिलाहरुले सामुहिक रुपमा कुटपिट गरेको भिडियो समेत प्रहरीलाई उपलव्ध गराएको धरानका डिएसपी बुद्ध श्रेष्ठले बताएका छन् । आफन्तले  दिएको कर्तव्य ज्यान मुद्दा प्रहरिले दर्ता गरेको छ । उजुरी पश्चात पक्राउ गर्नु जाँदा कुटपिट गर्नेहरु  फरार रहेको धरानका डिएसपी  श्रेष्ठले जानकारी दिएका छन् । कस–कसले कुटपिट गरेको हो अनुसन्धान गर्ने र कारवाहि प्रक्रिया अगाडी बढाईने प्रहरीले बताएको छ । 

 कुटपिटको घटना एक महिना अघिको हो ।  मृतको उपचार भइरहेको अवस्थामा बुधबार  मृत्यु भएको हो । कुटपिटले नै मृत्यु भएको भन्ने आफन्तको दावी भएपनि अनुसन्धानले सबै खुल्ने प्रहरीको भनाई छ । 

मृतककी छोरी स्मृति राईले अनुसार आफू घरमा नभएको मौका छोपि सामूहिक रुपमा कुटपिट गरेको प्रहरीलाई जानकारी गराएकि छन् ।  एकल महिलाको रुपमा रहेकी उषाले सिलाई बुनाईको का मगर्दै परिवार पाल्दै आएकी थिइन ।

यता जागरण आमा समुहले भने उषा राईको मृत्यु प्रकरणमा आफ्नो संस्थाको नाम जोडिएकोले यस्तो नभएको भन्दै विज्ञप्ती जारी गरेको छ । समुहले जागरण आमा समुहले उक्त घटनामा आवद्ध नभएको बताएको छ ।