इटहरीः काठमाडौँको थापाथली मा बसोबास गर्ने सुकुम्बासी बस्तीमा डोजर लगाएको भन्दै धरानका सुकुम्बासीहरुले काठमाण्डौका  मेयर बालेन शाह विरुद्ध धरानमा नाराबाजी गरेका छन् । 

भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई उठाउन जबरजस्ती डोजर चलाएको विरोधमा धरानका सुकुम्वासीले विरोध ¥याली निकालेका हुन । 

मंगलबार अखिल नेपाल सुकुम्वासी सङ्घ धरान नगरको आयोजनामा धरान–१ स्थित पुरानो हस्पिटल देखि भानुचोक सम्म विरोध ¥याली सँगै कोणसभा भएको थियो ।

भानुचोकमा निकालिएको ¥यालीमा मेयर बालेन शाह विरुद्ध ’बालेन शाह मुर्दावाद’, ’जबरजस्ती सुकुम्वासी माथि डोजर चलाउन पाइँदैन’ जस्ता नारा लागेका थिए । 

कोणसभाको सञ्चालन सुकुम्वासीका नेता नरध्वज तामाङले गरेका थिए भने कोणसभामा अखिल नेपाल सुकुम्वासी सङ्घ जिल्ला सदस्य राम राई, सुकुम्वासी नेता सन्जुहाङ साँवा र अखिल नेपाल सुकुम्वासी सङ्घ केन्द्रीय सदस्य सुदर्शन श्रेष्ठले कोणसभालाई सम्बोधन गरेका थिए ।