इटहरीः  मेचीनर नगरपालिका– १३ चारआली स्थितमा ट्रकको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ ।

मंगलबार अपरान्ह ४ बजे प्रदेश १– ०१– ००१ ख ३८४८ नम्बरको ट्रकले पैदल यात्री ७० वर्षीय जगतमान सावालाई ठक्कर दिएको थियो । ट्रकको ठक्करले  घाईते भएका साँवाको उपचारको क्रममा बि एण्ड सी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो प्रदेश एक प्रहरी कार्यलय विराटनगरले बताएको छ । 

दुर्घटनामा संलग्न रहेको ट्रक र चालक पाँचथर हिलिहाङका ३६ वर्षीय नरेन्द्र कुमार अधिकारीलाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।